२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस (इन्टरपोल डे) काठमाडौँको धरहरामा मनायो,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, भाद्र २२, २०८३

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसकोअवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखा नक्सालको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

भोटेकोशी बाढी आएको १३ औं दिन एवम् नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी दिवंगत हुनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू एवम् कर्तव्यपालनाको सिलसिलामा दिवंगत हुनुभएका नेपाल प्रहरी लगायत अन्य सुरक्षाकर्मीहरूको स्मृतिमा दीप प्रज्वलन गरी श्रद्वाञ्जली अर्पण समेत गरिएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले अन्तर्राष्ट्रिय प्रहरी सहकार्यको व्यवहारिक पक्ष र यसको महत्त्वलाई देखाउने गरी सत्य घटनामा आधारित वृत्तचित्रको शुभारम्भ गर्नुभयो । विभिन्न देशका प्रहरीबीचको सहकार्य, सूचना आदान-प्रदान र समन्वयले अपराध अनुसन्धानमा पुऱ्याउने योगदानका बारेमा वृत्तचित्र मार्फत प्रस्तुत गरिएको छ ।

International Day of Police Cooperation हरेक वर्ष ७ सेप्टेम्बरमा मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२२ मा यो दिवस घोषणा गरेको हो । विभिन्न देशका प्रहरीबीच सहकार्य, सूचना आदान-प्रदान र समन्वयलाई सुदृढ गर्दै अन्तरदेशीय अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा योगदान पुऱ्याउनु यस दिवसको मुख्य उद्देश्य रहेको छ ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, संचारकर्मीहरू लगायत आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पछिल्लो ३३ वर्षमा २० वर्ष र सोभन्दा माथिका मानिसहरूमा मदिराका कारणले हुने क्यान्सर मृत्युको प्रतिशत ५८ प्रतिशतभन्दा बढीले बढेको एक अध्ययनले देखाएको छ। स्तन, प्रोस्टेट, कोलोन, मलाशय, पेट, प्यान्क्रियाज, कलेजो, टाउको र घाँटीका क्यान्सरमा मृत्युको जोखिम बढेको अनुसन्धानले देखाएको छ। मदिराले एस्ट्रोजेन लगायतका हार्मोनहरूको स्तर परिवर्तन गर्ने, एसिटाल्डिहाइड नामक कार्सिनोजेन उत्पादन गर्ने र […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसकोअवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखा नक्सालको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । भोटेकोशी बाढी आएको १३ औं दिन एवम् नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी […]

काठमाडौं । बाढीपीडितविरुद्ध सामाजिक सञ्जालमा घृणास्पद र असंवेदनशील टिप्पणी गर्नेहरूविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले १० जनाको टोली बनाएर अनुसन्धान थालेको छ। पीडितको उजुरी नपरे पनि ब्युरोले टिप्पणीकारहरूको प्रोफाइल, ठेगाना र फोन नम्बर पहिचान गरी कानुनी कारबाही अघि बढाउने जनाएको छ। विद्युतीय कारोबार ऐनअनुसार घृणा फैलाउने, अपमान गर्ने वा सामाजिक सद्भाव खलल पार्ने कार्यमा जरिवाना र […]