१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

बलात्कारको आरोप लागेका एसएसपी राणा रिहा

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०२, २०७६

जवरजस्ती करणीको आरोप लागेका नेपाल प्रहरीका एसएसपी सौरभ राणा रिहा भएका छन् । उनलाई जिल्ला सरकारी वकील कार्यालय सुनसरीले हाजिरी जमानीमा शुक्रबार साँझ रिहा गरेको हो ।
राणाको बिरुद्धको जाहेरी र मिसिल संलग्न प्रमाणहरुले उनिमाथि मुद्धा चलाउनु पर्ने अवस्था नरहेको आदेश जारी गरेको छ । सरकारी वकील कार्यालय सुनसरीका मुख्य न्याधिवक्ता गोकुल बहादुर निरौलाले राणा हाजिरी जमानीमा छाडेको बताए ।
हाजिरी जमानीमा छुटेका राणाले अब प्रहरीकोमा तारिख धाउनुपर्नेछ ।
राणालाई झापाकी एक महिलाले गत साउन २५ गते इटहरीको एक होटलमा जवजस्ती करणी गरेको प्रहरीमा जाहेरी दिएकी थिइन ।
राणा संघीय प्रहरी इकाई कार्यालय धरानका निलम्बित वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गौसलादेखि मित्रपार्क हुँदै चाबेलसम्मको अस्तव्यस्त व्यवस्थापन सवारी साधनलाई सम्हालेपछि उनले थुप्रै सुधारका कार्यहरू अगाडि बढाउँदै थिए । तर, त्यही बीचमा देशमा भएको जेनजी आन्दोलनको राप र तापले गौशाला वृत्तलाई पनि अछुतो राखेन। आन्दो’लनका क्रममा आफ्नै कार्यक्षेत्र र कार्यालय का तल्लो दर्जाका प्रहरीहरूको सवारी जलेर नष्ट भए जुन कुनै पनि कार्यालय प्रमुखका लागि एउटा […]

दाङ । भालुवाङ राप्ती गाउँपालिकाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चलाएको कार्यक्रममा एउटा स्नेहपुर्ण दृश्यले सबैको मन छोएको छ। स्कुले बालिका र गाउँपालिका अध्यक्ष प्रकाश बिष्टबीचको आत्मीयता। औपचारिक भाषणभन्दा पनि त्यो स्नेहले देखाइदियो – बालबालिकाले खोजेको भनेको पाठ्यपुस्तक मात्र होइन, स्नेहपुर्ण अभिभावकत्व पनि हो। पढाइमा मात्र होइन, आत्मविश्वास, नेतृत्व र सीप बढाउने अभ्यास जनप्रतिनिधि भनेको […]

कैलाली । अत्तरियास्थित एक होटलमा प्रहरीले छापा मारेर *१९ जनालाई नियन्त्रणमा* लिएको खबर आएको छ। पक्राउ पर्नेमा यौन धन्दामा संलग्न जोडीहरू पनि रहेको प्रहरीको भनाइ छ। 1. *स्थान*: अत्तरिया क्षेत्रको होटल 2. *पक्राउ संख्या*: १९ जना 3. *आरोप*: यौन धन्दामा संलग्नता 4. *कारबाही*: प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । नेपालको मुलुकी अपराध संहिता २०७४ […]

error: Content is protected !!