२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल मोबाइल डिलर एसोसिएसन राप्ती शाखाको १ लाख १२ हजार बढी सहयोग,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, भाद्र २३, २०८३

दाङ । नेपाल मोबाइल डिलर एसोसिएसन (एनएमडीए) राप्ती शाखाले प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ।
विपद्को यस कठिन घडीमा पीडित नागरिकहरूको राहत, उद्धार तथा पुनःमोबाइलस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले एनएमडीए राप्ती शाखाले रु. १ लाख १२ हजार ७ सय १० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
एनएमडीए राप्ती शाखाका अध्यक्ष राजभक्त रानाका अनुसार विपद्का कारण समस्यामा परेका नागरिकहरूको पीडा कम गर्न तथा राहत र उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले संस्थाका सदस्यहरूको सहभागितामा उक्त रकम संकलन गरी कोषमा प्रदान गरिएको हो।
अध्यक्ष रानाले विपद्को समयमा सरकारको प्रयाससँगै निजी क्षेत्र, व्यवसायी, सामाजिक संघसंस्था तथा आमनागरिकले पनि आफ्नो क्षमता अनुसार सहयोग गर्नुपर्ने बताउनुभयो। उहाँले सानो–सानो सहयोगको सामूहिक प्रयासले विपद् पीडितहरूका लागि ठूलो राहत बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो।
“विपद्को यस कठिन घडीमा पीडितहरूको राहत तथा उद्धारका लागि हाम्रो सानो प्रयास हो,” अध्यक्ष रानाले भन्नुभयो, “मानवीय सेवाभावका साथ गरिएको सहयोगले पीडित नागरिकहरूको पुनःस्थापनामा केही भए पनि सहयोग पुग्ने विश्वास गरेका छौँ।”
नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एसोसिएसन राप्ती शाखाले व्यवसायिक हितका अतिरिक्त सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको जनाएको छ। आगामी दिनमा पनि सामाजिक सेवा तथा मानवीय सहयोगका कार्यमा सक्रिय रहने प्रतिबद्धता शाखाले जनाएको छ।

नेपाल मोबाईल डिलर एसोसिएसन (एनएमडीए) राप्ती शाखाको पदाधिकारीहरु :
राज भक्त राना – अध्यक्ष
शंकर अधिकारी – वरिष्ठ उपाध्यक्ष
गणेश रेग्मी– सचिव
युवराज गौतम– कोषाध्यक्ष
नविन कुमार पाण्डेय– सदस्य हरू
शिवराज जीसी
अरुण श्रेष्ठ
रमेश दसौडी
अब्दुल रहमान मुसलवान
प्रविन थापा
शैलेन्द्र ओली
रेशम बहादुर के.सी.
रामचन्द्र थापा क्षेत्री
NMDA राप्ती शाखा परिवारले विपद् प्रभावित सम्पूर्ण नागरिकहरूको शीघ्र राहत, उद्धार र पुनःस्थापनाको कामना गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल मोबाइल डिलर एसोसिएसन (एनएमडीए) राप्ती शाखाले प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ। विपद्को यस कठिन घडीमा पीडित नागरिकहरूको राहत, उद्धार तथा पुनःमोबाइलस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले एनएमडीए राप्ती शाखाले रु. १ लाख १२ हजार ७ सय १० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप […]

कैलाली । कञ्चनपुरको दोधारा चाँदनीस्थित महाकाली नदीको किनारमा टिकटक बनाउने क्रममा अचानक चिप्लिँदा १५ वर्षीया सृष्टि सुनार नदीमा खसेर बेपत्ता भएकी छन्। घटनापछि उनको खोजी तथा उद्धारका लागि सम्बन्धित सुरक्षा निकायबाट प्रयास भइरहेको छ। विशेष अनुरोध: नदी, भिर, खोँच वा अन्य जोखिमपूर्ण स्थानमा टिकटक तथा फोटो–भिडियो बनाउँदा एकछिनको लापरबाहीले ठूलो दुर्घटना निम्त्याउन सक्छ। भाइरल हुनुभन्दा […]

काठमाडौं । पछिल्लो ३३ वर्षमा २० वर्ष र सोभन्दा माथिका मानिसहरूमा मदिराका कारणले हुने क्यान्सर मृत्युको प्रतिशत ५८ प्रतिशतभन्दा बढीले बढेको एक अध्ययनले देखाएको छ। स्तन, प्रोस्टेट, कोलोन, मलाशय, पेट, प्यान्क्रियाज, कलेजो, टाउको र घाँटीका क्यान्सरमा मृत्युको जोखिम बढेको अनुसन्धानले देखाएको छ। मदिराले एस्ट्रोजेन लगायतका हार्मोनहरूको स्तर परिवर्तन गर्ने, एसिटाल्डिहाइड नामक कार्सिनोजेन उत्पादन गर्ने र […]