०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

सेवार खोला नयाँ बसपार्क टोल र खानेपानी समितिद्वारा प्रधानमन्त्री राहत कोषमा ६५ हजार ७७५ रुपैयाँ सहयोग सार्वजनिक

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, भाद्र २३, २०८३

दाङ । सेवा खोला नयाँ बसपार्क टोल विकास संस्था र खानेपानी उपभोक्ता समितिले प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको ६५ हजार ७७५ रुपैयाँ सहयोग रकम विशेष कार्यक्रमका बीच सार्वजनिक गरेको छ।

कृषि विकास बैंकमा रहेको प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गरिएको हो। टोल विकास संस्था खानेपानी उपभोक्ता समितिमा आबद्ध व्यक्तिहरू र विभिन्न सहयोगी व्यक्तिहरूले उक्त रकम सहयोग गरेका हुन् । सामाजिक उत्तरदायित्व र विपद्को समयमा समुदायको साथमा रहने उद्देश्यका साथ उपभोक्ता समिति तथा स्थानीय समुदायको पहलमा सहयोग रकम संकलन गरी राहत कोषमा प्रदान गरिएको बताइएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले विपद्को समयमा सानो वा ठूलोभन्दा पनि सहयोग गर्ने भावना महत्वपूर्ण हुने बताउनुभयो।

उहाँले भन्नुभयो, “विपद्ले कसैलाई पनि एक्लै प्रभावित गर्दैन, यसले सम्पूर्ण समाजलाई जिम्मेवार बनाउँछ। संकटमा परेका नागरिकको पीडामा साथ दिनु नै सच्चा सामाजिक उत्तरदायित्व हो। नयाँ बसपार्क खानेपानी उपभोक्ता समितिले देखाएको सहयोग र एकताको भावना सबैका लागि प्रेरणादायी छ।”

कार्यक्रममा खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनबहादुर रोका मगरले विपद्मा परेका नागरिकहरूको पीडामा थोरै भए पनि मलम लगाउने उद्देश्यले सहयोग रकम प्रदान गरिएको बताउनुभयो। सल्लाहकार कैलाश रोकाले स्थानीय समुदाय, उपभोक्ता तथा सहयोगी सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका काममा समिति सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा खानेपानी उपभोक्ता समितिका सल्लाहकार मित्रलाल भण्डारीले विपद्को समयमा एकआपसमा सहयोग र सहकार्य गर्नु समाजको साझा कर्तव्य भएको धारणा राख्नुभएको थियो।
सेवार खोला नयाँ बसपार्क टोल विकास संस्थाका अध्यक्ष नारायणप्रसाद रोका मगरले समुदायको एकताबाट संकलन गरिएको सहयोग रकमले मानवीय सेवाको भावना बलियो बनाएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि स्थानीय स्तरमा सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको सञ्चालन नयाँ बसपार्क खानेपानी उपभोक्ता समितिका उमाकान्त भण्डारीले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सहयोग रकम सार्वजनिक गर्ने कार्यक्रमले स्थानीय समुदायको एकता, सामाजिक उत्तरदायित्व र विपद्मा परेका नागरिकप्रतिको मानवीय संवेदनालाई थप उजागर गरेको सहभागीहरूले बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]