२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

घोराही बनाउँ अभियान र नेवा सप्लायर्सद्वारा समस्यामा परेका ८० विद्यार्थी तथा सुत्केरीलाई मनकामना ग्यास वितरण

Logo
Abc Sanchar प्रकाशित मंगलबार, भाद्र २३, २०८३

दाङ । दाङमा ग्यास अभावका कारण दैनिक जीवन कष्टकर बन्दै गइरहेका बेला घोराही बनाउँ अभियान र नेवा सप्लायर्सले समस्यामा परेका विद्यार्थी तथा सुत्केरी महिलालाई लक्षित गर्दै मनकामना ग्यास वितरण गरेको छ। अभियान र सप्लायर्सको सहकार्यमा कुल ८० जना विद्यार्थी तथा सुत्केरी महिलालाई ग्यास वितरण गरिएको हो।
दाङमा कुपन सिस्टममार्फत ग्यास वितरणलाई सहज, व्यवस्थित र पारदर्शी बनाउन जिल्ला प्रशासन कार्यालय दाङसँग समन्वय गरी प्रत्यक्ष रूपमा भूमिका खेल्दै आउनुभएका घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासन तथा नेवा सप्लायर्सका सञ्चालक सन्तोष श्रेष्ठले समस्यामा परेका नागरिकलाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्नुभएको हो।
यस अभियानअन्तर्गत ग्यास अभावका कारण लामो समयदेखि समस्यामा परेका विद्यार्थी, साना बच्चा भएका परिवार तथा भर्खरै सुत्केरी भएका महिलालाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराइएको थियो। विशेष कुरा के रह्यो भने सेवाग्राहीले जुनसुकै कम्पनीको खाली सिलिन्डर लिएर आए पनि उनीहरूलाई मनकामना ग्यास उपलब्ध गराइएको थियो।
ग्यास वितरण कार्यक्रममा बोल्दै घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले ग्यास जस्तो अत्यावश्यक वस्तुको अभावमा सबैभन्दा बढी समस्या कमजोर र विशेष अवस्थाका नागरिकले भोग्नुपरेको बताउनुभयो।
उहाँले भन्नुभयो, “ग्यासको समस्या सबैका लागि कठिन हो, तर विद्यार्थी, सुत्केरी महिला, साना बच्चा भएका परिवार र एक मात्र सिलिन्डरमा निर्भर परिवारका लागि यो झन् गम्भीर समस्या हो। त्यसैले हामीले समस्याको गम्भीरतालाई बुझेर तत्काल राहत पुग्ने गरी उनीहरूलाई प्राथमिकता दिएका हौँ।”
प्रियासनले दाङमा ग्यास वितरणलाई सहज र व्यवस्थित बनाउन कुपन प्रणाली प्रभावकारी माध्यम बन्न सक्ने उल्लेख गर्दै यसमा सबै सरोकारवाला पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “कुपन प्रणालीमार्फत वितरण गर्दा वास्तविक उपभोक्तासम्म ग्यास पुर्‍याउन, अनावश्यक भीड नियन्त्रण गर्न र वितरण प्रक्रियालाई पारदर्शी बनाउन सहयोग पुग्छ। हाम्रो अभियानको उद्देश्य प्रचार होइन, समस्यामा परेका नागरिकलाई राहत र समाधान दिनु हो।”
त्यस्तै, नेवा सप्लायर्सका सञ्चालक सन्तोष श्रेष्ठले ग्यास वितरण व्यवसाय मात्र नभई सामाजिक जिम्मेवारी पनि भएको बताउनुभयो। उहाँले समस्यामा परेका विद्यार्थी र सुत्केरी महिलाको अवस्था बुझेर प्राथमिकताका साथ ग्यास वितरण गरिएको जानकारी दिनुभयो।
श्रेष्ठले भन्नुभयो, “ग्यास नहुँदा विद्यार्थीको पढाइदेखि सुत्केरी आमा र साना बच्चाको दैनिक जीवनसम्म प्रत्यक्ष असर परेको देख्यौँ। यस्तो अवस्थामा सकेसम्म छिटो राहत उपलब्ध गराउनु हाम्रो मानवीय दायित्व हो। त्यसैले जुनसुकै कम्पनीको सिलिन्डर लिएर आउनुभएका सेवाग्राहीलाई पनि मनकामना ग्यास उपलब्ध गराएका हौँ।”
ग्यास प्राप्त गरेका विद्यार्थीहरूले एउटा मात्र सिलिन्डर भएका कारण धेरै दिनदेखि खाना पकाउन समेत समस्या परेको बताएका थिए। लामो समयको प्रतीक्षापछि ग्यास पाउँदा आफूहरू अत्यन्त खुसी भएको उनीहरूको भनाइ थियो।
त्यसैगरी, भर्खरै सुत्केरी भएका तथा साना बच्चा भएका महिलाहरूले समस्या परेको अवस्थामा जानकारी गराएलगत्तै ग्यास उपलब्ध गराइएकोमा खुसी व्यक्त गरेका थिए। “सानो बच्चा र सुत्केरी अवस्थाका कारण ग्यास नहुँदा निकै समस्या थियो। भन्नासाथ ग्यास पाइयो, यसले ठूलो राहत मिलेको छ,” एक सेवाग्राही महिलाले बताइन्।
दाङमा देखिएको ग्यास अभाव र वितरण व्यवस्थापनको चुनौतीबीच घोराही बनाउँ अभियान र नेवा सप्लायर्सको यो पहलले विशेष रूपमा समस्यामा परेका नागरिकलाई तत्काल राहत पुगेको छ। स्थानीयस्तरमा समस्या पहिचान गरी प्रत्यक्ष समाधानका लागि गरिएको यस प्रकारको सहकार्यलाई सेवाग्राहीहरूले सकारात्मक र उदाहरणीय पहलका रूपमा लिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । दाङमा ग्यास अभावका कारण दैनिक जीवन कष्टकर बन्दै गइरहेका बेला घोराही बनाउँ अभियान र नेवा सप्लायर्सले समस्यामा परेका विद्यार्थी तथा सुत्केरी महिलालाई लक्षित गर्दै मनकामना ग्यास वितरण गरेको छ। अभियान र सप्लायर्सको सहकार्यमा कुल ८० जना विद्यार्थी तथा सुत्केरी महिलालाई ग्यास वितरण गरिएको हो। दाङमा कुपन सिस्टममार्फत ग्यास वितरणलाई सहज, व्यवस्थित र पारदर्शी […]

एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा उपचाररत छन्। घटना राज्यको सागर जिल्लाको बाँदा क्षेत्रमा भएको हो। सरकारी अधिकारीका अनुसार अस्पताल भर्ना भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ। मृतक तथा बिरामीहरू आसपासका विभिन्न गाउँका बासिन्दा हुन्। उनीहरूमा बान्ता […]

काठमाडौं । जेन्जी सहिद दिवसका अवसरमा आयोजित कार्यक्रमका दौरान होहल्ला गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । परिचय नखुलेका उनी जेन्जी आन्दोलनका घाइते हुन् । नयाँ बानेश्वर संसद भवन अगाडि आयोजित कार्यक्रममा गृहमन्त्री सुदन गुरुङ र अन्य केही उपस्थित छन् । कार्यक्रममा दौरान एक जेन्जी शहिदकी आमाले आफूहरूले न्याय नपाएको भन्दै आक्रोश पोखेकी […]