२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

ईलाका प्रहरी कार्यालय पिपरा,कपिलवस्तुको नेतृत्व इन्स्पेक्टर कालिका कार्कीले सम्हाल्ने,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र २३, २०८३

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने भएकी छन्। प्रहरी निरीक्षक कालिका कार्कीले पिपरा प्रहरी कार्यालयको नेतृत्व सम्हाल्ने भएकी हुन्।

गुल्मीमा जन्मिएकी कार्की नेपाल प्रहरीभित्र कर्तव्यनिष्ठ र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित छिन्। प्रहरी सेवामा रहँदा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी कार्की अब पिपरा क्षेत्रको शान्ति–सुरक्षा र अपराध नियन्त्रणमा केन्द्रित हुनेछन्।

यसअघि पिपरा प्रहरी कार्यालयको नेतृत्व प्रहरी निरीक्षक अर्जुन पौडेलले गर्दै आएका थिए। पौडेल केही समयका लागि तालिममा सहभागी हुन विदेश जाने भएपछि उनको स्थानमा कार्कीलाई जिम्मेवारी दिइएको हो।

कार्कीको नेतृत्वमा पिपरा क्षेत्रमा प्रहरी सेवा अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ। विशेषगरी महिला तथा बालबालिकासँग सम्बन्धित घटनाको संवेदनशील व्यवस्थापन, पीडितमैत्री सेवा र स्थानीय समुदायसँगको सहकार्यलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।

कार्की यसअघि प्रहरी प्रधान कार्यालयको सर्वेक्षण शाखामा कार्यरत थिइन्। त्यहाँ रहँदा उनले विभिन्न प्रशासनिक तथा अन्य जिम्मेवारी सम्हाल्दै अनुभव हासिल गरेकी छन्।

पिपरा क्षेत्र खुला सीमाका कारण विभिन्न गतिविधिका हिसाबले संवेदनशील मानिन्छ। लागुऔषध कारोबार, चोरी–तस्करी, घरेलु हिंसा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्नु नयाँ नेतृत्वका प्रमुख चुनौती हुनेछन्।

त्यससँगै स्थानीय नागरिकका गुनासा सुन्ने, समुदायसँग समन्वय बढाउने र प्रहरीप्रतिको विश्वास थप बलियो बनाउने जिम्मेवारी पनि कार्कीको हुनेछ।

पिपरा प्रहरी कार्यालयको नेतृत्व महिला प्रहरी निरीक्षकले सम्हाल्नुलाई प्रहरी सेवामा महिला नेतृत्वको दृष्टिले पनि महत्वपूर्ण रूपमा हेरिएको छ। कार्कीको नेतृत्वमा क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्दै नागरिकमैत्री प्रहरी सेवा अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने भएकी छन्। प्रहरी निरीक्षक कालिका कार्कीले पिपरा प्रहरी कार्यालयको नेतृत्व सम्हाल्ने भएकी हुन्। गुल्मीमा जन्मिएकी कार्की नेपाल प्रहरीभित्र कर्तव्यनिष्ठ र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित छिन्। प्रहरी सेवामा रहँदा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी कार्की अब पिपरा क्षेत्रको शान्ति–सुरक्षा र अपराध नियन्त्रणमा केन्द्रित […]

दाङ । दाङमा ग्यास अभावका कारण दैनिक जीवन कष्टकर बन्दै गइरहेका बेला घोराही बनाउँ अभियान र नेवा सप्लायर्सले समस्यामा परेका विद्यार्थी तथा सुत्केरी महिलालाई लक्षित गर्दै मनकामना ग्यास वितरण गरेको छ। अभियान र सप्लायर्सको सहकार्यमा कुल ८० जना विद्यार्थी तथा सुत्केरी महिलालाई ग्यास वितरण गरिएको हो। दाङमा कुपन सिस्टममार्फत ग्यास वितरणलाई सहज, व्यवस्थित र पारदर्शी […]

एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा उपचाररत छन्। घटना राज्यको सागर जिल्लाको बाँदा क्षेत्रमा भएको हो। सरकारी अधिकारीका अनुसार अस्पताल भर्ना भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ। मृतक तथा बिरामीहरू आसपासका विभिन्न गाउँका बासिन्दा हुन्। उनीहरूमा बान्ता […]