२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

भारतमा गंगा नदीको कटानले १७५ वर्ष पुरानो शिव मन्दिर गंगामा बग्यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, भाद्र २५, २०८३

एजेन्सी । भारतमा गंगा नदीको निरन्तर कटानका कारण एक ऐतिहासिक मन्दिर नदीमा डुबेको छ।

हालै बिहारको भागलपुर स्थित करिब १०० वर्ष पुरानो चैती दुर्गा मन्दिर केही सेकेन्डमै गंगामा बगेको भिडियो सार्वजनिक भएको थियो भने पश्चिम बंगालमा पनि गंगाको कटानले मन्दिर भासिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

स्थानीयका अनुसार १७५ वर्ष पुरानो उक्त शिव मन्दिर धार्मिक आस्थाको केन्द्र थियो। नदीको बहाव अप्रत्याशित रूपमा परिवर्तन हुँदा किनार कटान तीव्र बनेको र बस्तीहरू समेत जोखिममा परेको प्रशासनले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]