३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

नेपाल प्रेस युनियन बाँकेको अध्यक्षमा वली र सचिवमा मल्ल विजयी

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०२, २०७६

(महेन्द्र सिंह)
बाँके फागुन २ गते नेपाल प्रेस युनियन बाँकेको अध्यक्षमा अर्जुन वली विजयी हुनुभएको छ । शुक्रबार राती भएको मतदानमा वलीले चेतकान्त भट्टराई र नवीन गिरीलाई पछि पार्नुभएको हो ।
केन्द्रिय प्रतिनिधि माधव धितालका अनुसार वलीले ७७ मत प्राप्त गर्दै अध्यक्षमा विजयी हुनुभयो भने भट्टराई ४० मत र गिरीले ३८ मत प्राप्त गर्नुभयो । त्यस्तै सचिवमा विजय मल्ल विजयी हुनुभएको छ । मल्लले ८४ मत प्राप्त गर्नुभयो भने प्रियास्मृति ढकालले ६४ मत प्राप्त गर्नुभयो ।
प्रेस युनियन बाँकेमा उपाध्यक्षद्वय समीरमान श्रेष्ठ र विनय त्रिपाठी, सहसचिवमा लक्ष्मी चौधरी, कोषाध्यक्षमा मधु पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ । सदस्यहरुमा रविन्द्र घिमेरे, रामबहादुर रावत, कमल केसी, संगिता पाठक, लक्ष्मी गौडेल, दीपक कुमार राई, गणेश बहादुर राई, नरेन्द्र सिंह र नन्दलाल साहु निर्विरोध निर्वाचित हुनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा नयाँ कार्यालय प्रमुखको रुपमा खटिई आउनु भएका प्रहरी निरीक्षक कालिका कार्की ज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रम पश्चात नवनियुक्त कार्यालय प्रमुख कार्कीले शान्ति सुरक्षा कायम राख्न र नागरिक मैत्री सेवा प्रदान गर्न […]

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]