३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

पर्वतमा महोत्सव हेर्न गएका बालकलाई नदीले बगाएपछि…

Logo
प्रकाशित शनिबार, फाल्गुण ०३, २०७६

पर्वत फागुन ३ जलजला गाउँपालिका वडा नं. ३ वारी बेनीस्थित कालीगण्डकी किनारमा आयोजित महोत्सव अवलोकनका लागि गएका एक बालकलाई शनिबार दिउँसो कालीगण्डकी नदिले बगाएको छ ।
पर्वतमा सञ्चालित सामुदायिक रेडियो दिदीबहिनीले आयोजना गरेको महोत्सव हेर्ने गएका म्याग्दीको धौलागिरि गाउँपालिका वडा नं. १ गुर्जाका अन्दाजी ९ वर्षका शिशिर छन्त्याललाई कालीगण्डकी नदीले बगाएको हो ।
नदिले बगाएर झण्डै १ सय मिटर तल पुर्याएका बालकलाई तत्काल सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको थियो । बालकको हात खुट्टामा चोटपटक लागेको प्रहरीले जनाएको छ । उनको म्याग्दी स्थित बेनी अस्पतालमा उपचार भइरहेको छ । महोत्सव स्थलकै डिलतिर खेलिरहेका बालक एक्कासी नदिमा खसेपछि बगाएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक विकास थापाका अनुसार सुरक्षाकर्मीले बगाएको पाँच-सात मिनेटमै उद्धार गरेका कारण बालकको ज्यान बचाउन सफल भएको हो ।
नदि किनारमै गरिएको उक्त महोत्सव सुरक्षाका दृष्टिकोणले संवेदनशील रहेको छ । पटक-पटक जिल्ला सुरक्षा समितिको बैठकले उक्त स्थानमा महोत्सव गर्न अस्वीकृत गरे पनि पूर्व सांसदसमेत रहेकी रेडियोकी अध्यक्ष चापागाईँले अटेर गरेरै महोत्सव आयोजना गरेकी हुन् ।
सुरक्षा समितिको बैठकले उक्त ठाउँको विकल्प खोज्न आग्रह गरेको थियो । नदि किनारमै संचालन गरिएको र अझै दर्शकहरूका लागि डुंगा शयरकोसमेत आकर्षण रहेकाले अझै दुर्घटना बढ्न सक्ने देखिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा नयाँ कार्यालय प्रमुखको रुपमा खटिई आउनु भएका प्रहरी निरीक्षक कालिका कार्की ज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रम पश्चात नवनियुक्त कार्यालय प्रमुख कार्कीले शान्ति सुरक्षा कायम राख्न र नागरिक मैत्री सेवा प्रदान गर्न […]

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]