२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

राष्ट्रिय जनमोर्चा दाङको घरदैलो भेट्घाट तथा सदस्यता अभियान

Logo
प्रकाशित सोमबार, फाल्गुण ०५, २०७६

(सागर थापा )          राष्ट्रिय जनमोर्चा दाङले तिब्रताका साथ अगाडी बढेको छ । जिल्ला भरी सात ओटा मुख्य र स्थानीय स्तरमा अरु साना टोलि समेत निर्माण गरि अभियान अगाडि बढेको छ । गणतन्त्र , धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा गरौ ! एक महिने संगठनात्मक अभियान सफल पारौ भन्ने नराका साथ अभियान अगाडी बढेको छ । जिल्लाको सदरमुकाम रहेको घोराही उपमहानगरपालिकामा जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा अगाडी बढेको छ । यसैगरी तुलसिपुर उपमहानगरपालिकामा जिल्ला सदस्य शुक्रराज भण्डारीको नेतृत्वमा , लमही नगरपालिकामा जिल्ला सचीव वसन्त राज पौडेलको नेतृत्वमा , गढबा गाउपालिकामा प्रदेश समितिका सचिबालय सदस्य रेशम बि सि को नेतृत्वमा , राजपुर गाउपालिकामा जिल्ला सद्स्य कपिलदेब खनालको नेतृत्वमा , दङिसरन , सान्तिनगर र बबई गाउपालिकामा जिल्ला सह सचिब ऋषि राम पौडेलको नेतृत्व र राप्ती गाउपालिकामा अखिल नेपाल किसान महासंघका केन्द्रिय कोषाध्यक्ष प्रेम नारायण आचार्य को नेतृत्वमा अभियानहरु चलेका छ्न । बङगलाचुली गाउपालिकामा भने फागुन महिनाको अन्तिम तिर अभियान चल्ने छ । सबै टिमको अभियानमा जनताले उत्साहजनक रुपमा पार्टीको सदस्यता लिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]