बाँके फागुन ६ नेपाल प्रेस युनियनको बाँकेमा सचिवालायको स्थापना गरिएको छ।
नेपाल प्रेस युनियनको अगामी चैत्रमा हुने ९ औ महाधिवेशनलाई लक्षित गर्दै नेपालगन्जस्थित सुर्खेत रोड मा रहेको वेष्टर्न विजनेश कम्पलेक्समा सचिवालयको कार्यालय राखिएको छ ।
प्रतेक जिल्लास्तरबाट महाधिवेशनका लागि तयारी तिब्र रुपमा अगाडि बढेको र मंगलबार नै महाधिवेशनका लागि कमिटी समेत गठन गरिने अध्यक्ष वलीले बताए। महाधिवेशन आउन धेरै समय बाँकी नरहेकाले बाँकेका सम्पुर्ण साधरण सदस्यहरु देखि जिल्ला कार्यसमिती सबैलाई यहीँ चैत महिनाको २१ र २२ गते महाधिवेशन तयारीमा लाग्न निर्देशन दिएका छन