कपिलवस्तु । इलाका प्रहरी कार्यालय कृष्णनगरका अनुसार २०८३ कात्तिक ११ गते बिहान ११:३० बजे महेन्द्र पार्क नजिक बेवारिसे अवस्थामा रहेको सामान फेला परेको हो।
प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरको कमान्डमा खटिएको ५ जनाको टोलीले उक्त सामान बरामद गरी इलाका प्रहरी कार्यालयमा ल्याएको छ।
प्रहरीका अनुसार बरामद सामानको अनुमानित मूल्य रु. २२ लाख ९२ हजार १०० रहेको छ।
बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा पठाउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।