२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

डिआइजी बढुवाको तयारी कोको छ्न धिरज प्रताप सिंहको नाम पहिलोमा

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०८, २०७६

सागर थापा (क्राईमरिपोर्टर )
काठमाडौं फागुन ८ नेपाल प्रहरीमा रिक्त रहेको १८ डिआईजी पदमा बढुवाका लागि गृह मन्त्रालयले तयारी थालेको छ । एआईजी बढुवाको समेतको चर्चा चलिरहेका बेला रिक्त रहेका डिआईजी पदमा सुरुको चरणमा बढुवाका लागि गृह मन्त्रालयले तिव्रताका साथ तयारी थालेको हो ।
२९ माघमा सर्वेन्द्र खनालको आईजी पदबाट अवकाश भएपछि उनीसँगैका ब्याची डिआईजीहरूको पनि अवकाश भएको थियो । तीन एआईजीहरू पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यातको पनि अवकास हुँदा पदहरू रिक्त छन् ।
‘तत्काल डिआईजीमा बढुवाका लागि तयारी भएको छ । एसएसपी बढुवा पनि सँगसँगै निकाल्ने तयारी भइरहेको छ’, स्रोतले भन्यो,‘त्यसका लागि प्रहरी प्रमुखलगायतसँग परामर्श भइरहेको छ ।’
डिआईजी बढुवामा दुईवटा ब्याचका अधिकारी छन् । हाल मानव स्रोत विभागका रहेका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) धीरजप्रताप सिंहसहितको बढुवाको तयारी भएको हो ।
एसएसपी घनश्याम अर्याल, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, प्रकाशजंग कार्की, वसन्त पन्त, ईश्वरबाबु कार्की, देवबहादुर बोहोराको पनि डिआईजीमा बढुवा तयारी गरिएको छ ।
यस्तै, काठमाडौं परिसर प्रमुख उत्तमराज सुवेदी, वसन्तकुमार लामा, दिवेश लोहनी, रवीन्द्र र धानुकलगायत बढुवाको लाइनमा छन् ।
डिआईजी बढुवा समितिको अध्यक्ष गृह मन्त्रालयका सचिव हुन्छन् । उक्त समितिमा आईजी सदस्य र गृहले रोजेका एआईजी वा डिआईजी सदस्य सचिव हुन्छन् ।
‘गृह मन्त्रालयले प्रहरीमा कुनै पनि पद खाली नहोस् भनेर बढुवाको तयारी गरेको छ । आगामी सातासम्म डिआईजी र एसएसपीको बढुवा निस्कन सक्छ’, स्रोतले भन्यो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!