२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

डिआइजी बढुवाको तयारी कोको छ्न धिरज प्रताप सिंहको नाम पहिलोमा

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०८, २०७६

सागर थापा (क्राईमरिपोर्टर )
काठमाडौं फागुन ८ नेपाल प्रहरीमा रिक्त रहेको १८ डिआईजी पदमा बढुवाका लागि गृह मन्त्रालयले तयारी थालेको छ । एआईजी बढुवाको समेतको चर्चा चलिरहेका बेला रिक्त रहेका डिआईजी पदमा सुरुको चरणमा बढुवाका लागि गृह मन्त्रालयले तिव्रताका साथ तयारी थालेको हो ।
२९ माघमा सर्वेन्द्र खनालको आईजी पदबाट अवकाश भएपछि उनीसँगैका ब्याची डिआईजीहरूको पनि अवकाश भएको थियो । तीन एआईजीहरू पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यातको पनि अवकास हुँदा पदहरू रिक्त छन् ।
‘तत्काल डिआईजीमा बढुवाका लागि तयारी भएको छ । एसएसपी बढुवा पनि सँगसँगै निकाल्ने तयारी भइरहेको छ’, स्रोतले भन्यो,‘त्यसका लागि प्रहरी प्रमुखलगायतसँग परामर्श भइरहेको छ ।’
डिआईजी बढुवामा दुईवटा ब्याचका अधिकारी छन् । हाल मानव स्रोत विभागका रहेका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) धीरजप्रताप सिंहसहितको बढुवाको तयारी भएको हो ।
एसएसपी घनश्याम अर्याल, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, प्रकाशजंग कार्की, वसन्त पन्त, ईश्वरबाबु कार्की, देवबहादुर बोहोराको पनि डिआईजीमा बढुवा तयारी गरिएको छ ।
यस्तै, काठमाडौं परिसर प्रमुख उत्तमराज सुवेदी, वसन्तकुमार लामा, दिवेश लोहनी, रवीन्द्र र धानुकलगायत बढुवाको लाइनमा छन् ।
डिआईजी बढुवा समितिको अध्यक्ष गृह मन्त्रालयका सचिव हुन्छन् । उक्त समितिमा आईजी सदस्य र गृहले रोजेका एआईजी वा डिआईजी सदस्य सचिव हुन्छन् ।
‘गृह मन्त्रालयले प्रहरीमा कुनै पनि पद खाली नहोस् भनेर बढुवाको तयारी गरेको छ । आगामी सातासम्म डिआईजी र एसएसपीको बढुवा निस्कन सक्छ’, स्रोतले भन्यो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!