२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

चन्द्रौटालाई शान्ति क्षेत्र बनाउने प्रतिबद्धता प्रहरी निरीक्षक:खरेल

Logo
प्रकाशित आइतबार, फाल्गुण ११, २०७६

(सागर थापा)
वडा प्रहरी कार्यालय कपिलवस्तु चन्द्रौटामा भर्खरै सरुवा भएर आउनुभएका प्रहरी प्रमुख प्रहरी निरीक्षक दिपेश खरेलले कपिलवस्तु चन्द्रौटालाई शान्ति क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन । समाजमा रहेका गन्दगीलाई तत्काल नियन्त्रण गर्ने कपिलवस्तु चन्द्रौटालाई सुरक्षित बनाउने र कानुन भन्दा माथि कोहि छैन गल्ति गर्ने जो कोहिलाई पनि नछोड्ने बताउनुभएको छ । वडा प्रहरी कार्यालय कपिलवस्तु चन्द्रौटामा शनिबार पत्रकार भेटघाटमा उनले चन्द्रौटामा फरार अपराधिको खोजतलास र पक्राउ गर्न का त्तकाल अगाडि बढ्ने बताउनुभएको छ । कपिलवस्तु चन्द्रौटामा हाल सम्म पनि फरार अपरधिहरु केही पक्राउ पर्न सकेका केही नसकेका पनि छन । प्रहरी प्रमुख प्रहरी निरीक्षक खरेलले गुण्डागर्दी नियन्त्रण जुवातास लागूऔषध आर्थीक ठगि बाल बिवाहा घरेलुु हिंसा चोरी लूटपात तथा अपारदर्शिता लाई नियन्त्रण गर्नै कुनै कसर बाँकि नराख्ने बताए । प्रहरी निरीक्षक खरेलले मानव अधिकारको समान प्रत्याभुतिका लागि आफु अगाडि बढ्ने बताए । कानुन कार्यान्वयनका लागि पत्रकारहरुलाई सहज सूचना दिने प्रहरी र पत्रकारको सम्बन्ध नङ र मासु जस्तो हुनुपर्ने बताए प्रहरी निरीक्षक खरेल सरुवा भएर काठमाडौं अपराध महाशखा हनुमानढोका टेकु बाट आउनुभएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]