२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

चन्द्रौटालाई शान्ति क्षेत्र बनाउने प्रतिबद्धता प्रहरी निरीक्षक:खरेल

Logo
प्रकाशित आइतबार, फाल्गुण ११, २०७६

(सागर थापा)
वडा प्रहरी कार्यालय कपिलवस्तु चन्द्रौटामा भर्खरै सरुवा भएर आउनुभएका प्रहरी प्रमुख प्रहरी निरीक्षक दिपेश खरेलले कपिलवस्तु चन्द्रौटालाई शान्ति क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन । समाजमा रहेका गन्दगीलाई तत्काल नियन्त्रण गर्ने कपिलवस्तु चन्द्रौटालाई सुरक्षित बनाउने र कानुन भन्दा माथि कोहि छैन गल्ति गर्ने जो कोहिलाई पनि नछोड्ने बताउनुभएको छ । वडा प्रहरी कार्यालय कपिलवस्तु चन्द्रौटामा शनिबार पत्रकार भेटघाटमा उनले चन्द्रौटामा फरार अपराधिको खोजतलास र पक्राउ गर्न का त्तकाल अगाडि बढ्ने बताउनुभएको छ । कपिलवस्तु चन्द्रौटामा हाल सम्म पनि फरार अपरधिहरु केही पक्राउ पर्न सकेका केही नसकेका पनि छन । प्रहरी प्रमुख प्रहरी निरीक्षक खरेलले गुण्डागर्दी नियन्त्रण जुवातास लागूऔषध आर्थीक ठगि बाल बिवाहा घरेलुु हिंसा चोरी लूटपात तथा अपारदर्शिता लाई नियन्त्रण गर्नै कुनै कसर बाँकि नराख्ने बताए । प्रहरी निरीक्षक खरेलले मानव अधिकारको समान प्रत्याभुतिका लागि आफु अगाडि बढ्ने बताए । कानुन कार्यान्वयनका लागि पत्रकारहरुलाई सहज सूचना दिने प्रहरी र पत्रकारको सम्बन्ध नङ र मासु जस्तो हुनुपर्ने बताए प्रहरी निरीक्षक खरेल सरुवा भएर काठमाडौं अपराध महाशखा हनुमानढोका टेकु बाट आउनुभएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मेलमा आएको धम्कीपूर्ण पत्रले अहिले प्रहरीले सतर्कता बढाएको छ। केही दिन अघि अख्तियार प्रमुखलाई १० दिनभित्र राजीनामा नदिए ज्यान मार्ने धम्की मेलबाट आएको थियो। त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान थालेको थियो। प्रहरीका अनुसार राईसँगै अन्य व्यक्तिहरुलाई पनि धम्की दिइएको छ। हाल अख्तियार प्रमुख प्रेम राईदेखि पूर्व गृहमन्त्री रमेश […]

काठमाडौं । विश्वभर ‘महिलाको तुलनामा पुरूषले बढी रक्सी खान्छ र महिला भन्दा धेरै पुरूषले रक्सी खान्छ’ भन्ने सोचाइ अब गलत साबित हुन थालेको छ । सन् १९९१देखि २०००बीच जन्मेकी महिला उत्तिकै रक्सी खान्छिन जति उनका पुरूष साथीले खान्छन् । रक्सी खाने दौडमा पनि महिलाले पुरूषलाई पछि पारिरहेको पाइएको छ । रक्सीको खराब असर महिलामा देखिन […]

हेटौँडा । सडक डिभिजनले ५ मङ्सिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसंगै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो । सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौँडाले शनिवार बिहानबाट रेखाङ्कनभित्र परेका संरचना भत्काउन थालेको हो । २०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास […]

error: Content is protected !!