२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर बढुवा हुने कर्मचारीमाथि मुद्दा

Logo
प्रकाशित मंगलबार, फाल्गुण १३, २०७६

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर बढुवा भएको आरोपमा राष्ट्रिय नाचघर जमलकी कर्मचारी अञ्जु रञ्जितकारविरूद्ध मुद्दा दर्ता गरेको छ।
नाचघरमा नृत्य कलाकार पाँचौं तहमा बढुवा हुनका लागि रञ्जितकारले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा अख्तियारले मंगलबार उनीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
चौथो पदमा स्थायी निक्युति लिई रञ्जितकारले विशेष पढुवाका लागि जनज्योति मावि नवलपरासीबाट कक्षा १० पास गरेको नक्कली प्रमाणपत्र पेश गरेको अख्तियारको दाबी छ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुने गरी माग दाबी गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मेलमा आएको धम्कीपूर्ण पत्रले अहिले प्रहरीले सतर्कता बढाएको छ। केही दिन अघि अख्तियार प्रमुखलाई १० दिनभित्र राजीनामा नदिए ज्यान मार्ने धम्की मेलबाट आएको थियो। त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान थालेको थियो। प्रहरीका अनुसार राईसँगै अन्य व्यक्तिहरुलाई पनि धम्की दिइएको छ। हाल अख्तियार प्रमुख प्रेम राईदेखि पूर्व गृहमन्त्री रमेश […]

काठमाडौं । विश्वभर ‘महिलाको तुलनामा पुरूषले बढी रक्सी खान्छ र महिला भन्दा धेरै पुरूषले रक्सी खान्छ’ भन्ने सोचाइ अब गलत साबित हुन थालेको छ । सन् १९९१देखि २०००बीच जन्मेकी महिला उत्तिकै रक्सी खान्छिन जति उनका पुरूष साथीले खान्छन् । रक्सी खाने दौडमा पनि महिलाले पुरूषलाई पछि पारिरहेको पाइएको छ । रक्सीको खराब असर महिलामा देखिन […]

हेटौँडा । सडक डिभिजनले ५ मङ्सिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसंगै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो । सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौँडाले शनिवार बिहानबाट रेखाङ्कनभित्र परेका संरचना भत्काउन थालेको हो । २०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास […]

error: Content is protected !!