२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर बढुवा हुने कर्मचारीमाथि मुद्दा

Logo
प्रकाशित मंगलबार, फाल्गुण १३, २०७६

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर बढुवा भएको आरोपमा राष्ट्रिय नाचघर जमलकी कर्मचारी अञ्जु रञ्जितकारविरूद्ध मुद्दा दर्ता गरेको छ।
नाचघरमा नृत्य कलाकार पाँचौं तहमा बढुवा हुनका लागि रञ्जितकारले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा अख्तियारले मंगलबार उनीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
चौथो पदमा स्थायी निक्युति लिई रञ्जितकारले विशेष पढुवाका लागि जनज्योति मावि नवलपरासीबाट कक्षा १० पास गरेको नक्कली प्रमाणपत्र पेश गरेको अख्तियारको दाबी छ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुने गरी माग दाबी गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।