०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

कोहलपुर प्रहरीको एक्सन सुरु बालिका बलात्कार गरेर फरार अपराधी ३ दिनमा पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण १४, २०७६

(सागर थापा/महेन्द्र सिंह)
बाँके फागुन १४ कोहलपुरमा केही दिन यता बालिकाको बलात्कार गरेको आरोपमा बाँके कोहलपुरका एक युवक पक्राउ परेका छन् । गत शनिबार साँझ कोहलपुर नगरपालिका १२ की एक बालिका साथीहरुसँग बयर खान जंगल गएको बेला बलात्कारमा परेकी थिइन् ।
बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका ३० वर्षिय भोज बहादुर थापा पक्राउ परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । बालिकाका परिवारले थापाले बलात्कार गरेको भन्दै कोहलपुरमा प्रहरीमा उजुरी दिएका थिए ।
घटना लगत्तै फरार रहेका आरोपित थापालाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार बर्दियाको बाँसगढीमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।उनीमाथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुलदिप चन्दले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी […]

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]