३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

राप्ती गाउँपालिकाकाे सडक मानवमुक्त घाेषणा

Logo
प्रकाशित आइतबार, फाल्गुण १८, २०७६

बिदुर एम सी,
भालुवाङ्ग, १५ फागुन । दाङ्ग देउखुरीको राप्ती गाउँपालिका सडक मानवमुक्त घाेवणा भएको छ ।
बिहीबार अपरान्ह गाउँपालिकाकाे कार्यालय परिसर मसुरियामा साे घाेषणा कार्यक्रम सम्पन्न भयो ।
प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल र राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले संयुक्तरूपमा पानसमा बत्ती बालेर कार्यक्रमको घोषणा गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री बरालले यसरी मानवमुक्त सडक घोषणा गर्नेमा यो राप्ती गाउँपालिका देशकै दोस्रो पर्ने बताए ।
यो घोषणा कार्यक्रम पश्चात् अबउप्रान्त राप्ती गाउँपालिकाका सडकमा कुनैपनि प्रकारका मानवले अाकाशलाई छानो बनाएर बेवारिसे जीवन बिताउनुपर्ने छैन ।
कार्यक्रमकाे घाेषणापश्चात मन्त्री बराल र अध्यक्ष सुवेदीले घाेषणापत्र जारी गर्दै त्यसमा हस्ताक्षर समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!