२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
×

राप्ती गाउँपालिकाकाे सडक मानवमुक्त घाेषणा

Logo
प्रकाशित आइतबार, फाल्गुण १८, २०७६

बिदुर एम सी,
भालुवाङ्ग, १५ फागुन । दाङ्ग देउखुरीको राप्ती गाउँपालिका सडक मानवमुक्त घाेवणा भएको छ ।
बिहीबार अपरान्ह गाउँपालिकाकाे कार्यालय परिसर मसुरियामा साे घाेषणा कार्यक्रम सम्पन्न भयो ।
प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल र राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले संयुक्तरूपमा पानसमा बत्ती बालेर कार्यक्रमको घोषणा गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री बरालले यसरी मानवमुक्त सडक घोषणा गर्नेमा यो राप्ती गाउँपालिका देशकै दोस्रो पर्ने बताए ।
यो घोषणा कार्यक्रम पश्चात् अबउप्रान्त राप्ती गाउँपालिकाका सडकमा कुनैपनि प्रकारका मानवले अाकाशलाई छानो बनाएर बेवारिसे जीवन बिताउनुपर्ने छैन ।
कार्यक्रमकाे घाेषणापश्चात मन्त्री बराल र अध्यक्ष सुवेदीले घाेषणापत्र जारी गर्दै त्यसमा हस्ताक्षर समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी महानिरीक्षकलाई सरुवा बढुवाको अधिकार दिने, तर प्रत्येक निर्णयमा प्रधानमन्त्री कार्यालयले छुट्टै ‘स्क्रिनिङ’ गर्दै जाने हो भने प्रहरी महानिरीक्षकको वास्तविक भूमिका के रहन्छ? अधिकार एउटा निकायलाई दिने तर त्यसको प्रयोगमा अर्को निकायले निरन्तर छानबिन र छनोट गर्ने पद्धतिले नेतृत्वको प्रभावकारिता मात्र होइन, संस्थागत उत्तरदायित्वमाथि समेत प्रश्न उठाउँछ। अहिलेका प्रहरी महानिरीक्षकले आफ्ना प्रहरी […]

त्रिशूली नदीले सडक कटान गरी भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा *धादिङ । त्रिशूली नदीले कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा करिब ८० मिटर सडक चर्किएर २० मिटर भन्दा बढी भाग भासिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्गमा दसैँ मनाउन […]

बूढीगण्डकी बाढीः मुग्लिनसम्म जोखिम बढेपछि बाटोमै रोकिए सवारीसाधन *मुग्लिन । गोरखाको चुमनुब्रीबाट आएको बूढीगण्डकीको लेदो सहितको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि मुग्लिनसम्म सवारीसाधन बाटोमै रोकिएका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकीमा आज बिहान ८:४५ बजेसम्म जलसतह ८.५ मिटर पुगेको थियो, त्यसपछि बाढीले आरुघाटस्थित मापन केन्द्र र पुल नै बगाएको छ। महाशाखाले जोखिमलाई तीन […]