२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

चीनमा रहेको नेपाली राजदुतलाई फिर्ता बोलाउने सरकारको निर्णय

Logo
प्रकाशित आइतबार, फाल्गुण १८, २०७६

एबिसी संचार काठमाडौं फागुन १८ सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई फिर्ता बोलाएको निर्णय गरेको हो । यस्तै, सरकारले केही सचिवहरुको सरुवा गरेको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सचिवको सरुवा तथा पदस्थापना गरेको हो। मन्त्रिपरिषद स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने स्वास्थ्यमा भूमिसुधार मन्त्रालयका सचिव यादव कोइरालालाई ल्याइएको छ । भूमिसुधारका सूर्य गौतमलाई संघीय मामिला मन्त्रालयमा लगिएको छ। एकनारायण अर्याललाई सचिवमा बढुवा गर्दै काठमाडौं महानगरपालिकामा पदस्थापन गरिएको छ। महानगरका कार्यकारी अधिकृत रहेका केदार न्यौपानेलाई भूमिसुधारमा सरुवा गरिएको छ। यस्तै, अर्थमन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई कामू दिएर राजश्वमा लगिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!