२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

देशका दलाल-भ्रष्टाचारीका बिरुद्द सुरेन्द्र गुरुङ(हाकिम)को गीत मार्फत तिखो प्रहार

Logo
प्रकाशित बुधबार, फाल्गुण २१, २०७६

काठमाडौँ नेपालका चर्चित तथा पुराना र्यापर्-गायक सुरेन्द्र गुरुङ(हाकिम)ले भर्खरै मात्र सार्वजनिक गरेको गीत युट्युवमा भाईरल भएको छ । भर्खरै केही दिन अघी गायक गुरुङले उक्त गीत युट्युवमार्फत सार्वजनीक गरेका थिए । गीत रिलिज भएको केही समयमानै दर्शक-स्रोताहरुले मन पराएका छन । सुरेन्द्र गुरुङ (हाकिम) को शब्द-रचना, दिप बिस्ट (लेजी ब्ययइ) को सङ्गीत र रवाज रेक्र्डमा रहेको गीतको भिडियोलाई एलिश बिक्रम शाहले निर्देशन गरेका छन् । गीतको भिडियोमा पुराना ख्यातीप्राप्त मोडल दिपक शाहीको अभिनय रहेको छ। छायाकंन र सम्पादन सुजन श्रेष्ठको southside production ले गरेको छ भने स्टाइलिस फेशन डिजाइनर शोन्या गुरूङ्कको रहेको छ। करिब पॉच दर्जन भन्दा बढी गीतमा स्वर दिइसकेका गायक सुरेन्द्र गुरुगं (हाकिम)को यस गीतमा फरक गायकीपन सुन्न सकिन्छ । सुरेन्द्र गुरूङ् (हाकिम) भन्छन- ‘यो गीत मैले अलिकति फरक शैली र तरिकामा आफ्नो देश नेपालको बारेमा गाएको छु आशा छ गीतले दर्शक श्रोताको मनमा वास पक्कै पनि पाउने छ । गुरुङले आफ्नो गीतको शब्द मार्फत देशका दलाल, भ्रष्टाचारी र कालोधनको खेती गर्नेहरुका बिरुद्द तिखो प्रहार गरेका छन । अहिलेको देशमा भएको गरेको र घटेको घटनाहरु प्रती लक्षित गरेर उनले आफ्नो शब्दको बाँण चलाएका छन । उनको यो श्रीजनामा अरु र्याप गीतमा जस्तो छाडा शब्दहरुको प्रयोग भएको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!