१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

बिराटनगरमा टिपरको ठक्करबाट ३ जनाको मृत्यु, आक्रोशित स्थानीयले जलाए टिपर

Logo
प्रकाशित बुधबार, फाल्गुण २१, २०७६

  1. काठमाडौं फागुन २१ विराटनगर महानगरपालिका–१९ स्थित मिलनचोकमा टिपरको ठक्करबाट टेम्पोमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उत्तरतर्फबाट आइरहेको को१क २९१७ नंको टिपरले विपरीत दिशातर्फ गइरहेको टेम्पोलाई मङ्गलबार राति ९ः३० बजे ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
    टेम्पो चालक ग्रामथान गाउँपालिका बस्ने ४५ वर्षीय बाबुुराम सरदार र उनका छ वर्षीया नातिनी आरोही सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले बताउनुभयो । घटनापछि आक्रोशित स्थानीयवासीले टिपरमा आगजनी गरेका छन् । दुर्घटना गर्ने टिपर चालकलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
    महोत्तरी– अति व्यस्त रहने महोत्तरी–धनुषालाई जोड्ने भिठ्ठामोर–जलेश्वर–जनकपुर सडकमा टिपरले ठक्कर दिएको मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ । मङ्गलबार साँझ जनकपुरबाट जलेश्वरतर्फ बीआर३०एक्स ७७०२ नंको मोटरसाइकलमा आउँदै गर्दा जनकपुरतर्फ जाँदै गरेको ना१क ५८२६ नंको टिपरले ठक्कर दिँदा घाइते भएका महोत्तरीको सम्सी गाउँपालिका–५ का ३५ वर्षीय कालीचरण यादवको जलेश्वर अस्पतालमा आज बिहान उपचारका क्रममा मृत्यु भएको हो । यादवको कम्मरमुनिको भाग क्षतविक्षत भएको थियो ।
    सो सडकको महोत्तरीमा पर्ने पिपरा गाउँपालिका–४ मा मङ्गलबार साँझ ६ बजेतिर भएको दुर्घटनालगत्तै यादवलाई उपचारका लागि जलेश्वर अस्पताल पु¥याइएको थियो । अस्पतालमा सघन उपचारकै क्रममा यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दुर्घटनामा परेका दुवै सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]