२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

सशस्त्र प्रहरी टोलीद्वारा अबैध लत्ताकपडा पक्राउ बरामद

Logo
प्रकाशित बिहिबार, फाल्गुण २२, २०७६

धनुषा जिल्लाको औरही गाउँपालिका ३ स्थित माईबाट फागुन २० गते एपीएफ
टोलीले करीव दुई लाख ४१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा
बरामद गरेको छ ।
बीआर ३२ आर २६५ भारतीय नम्बरको मोटरसाइकल र ज ५ प १०५ नम्बरको मोटरसाईकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय
महोत्तरी र नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।त्यसवेला एपीएफ टोलीले उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको उक्त दुई वटै
मोटरसाईकल समेत बरामद गरेको छ ।
एपीएफ टोलीले बरामद सामान तथा उक्त मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा
बुझाएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य दुई लाख रुपैयाँ
रहेको छ ।यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म पर्साबाट खटिएको एपीएफ
टोलीले फागुन १९ गते करीव एक लाख ६४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको
लत्ताकपडा, किराना सामान र भाडावर्तन एपीएफ टोलीले पर्सा जिल्लाको बीरगंज
महानगरपालिका १६ स्थित भन्सार मुलगेटबाट बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय बीरगंजमा बुझाईएको छ ।
यसैगरी सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका ४ स्थित लालापट्टिबाट फागुन १९ गते एपीएफ टोलीले करीव एक लाख ५७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट खटिएको एपीएफटोलीले बरामद गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

तनहुँ । ब्यास नगरपालिका–५ चापाघाटस्थित पृथ्वीराजमार्गमा असंवेदनशील रूपमा पशु ओसारपसार गर्ने एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको चेकिङ टोलीले आइतबार राति ५ वटा गोरुसहितको पिकअप गाडी नियन्त्रणमा लिएको हो। थर्पुबाट आँबुखैरेनी तर्फ जाँदै गरेको टाटा योद्धा पिकअपमा कुनै कागजात नभएको र पशुलाई निकै कष्ट हुने गरी ‘असंवेदनशील’ रूपमा राखेर […]

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्ले*ले आज *२०८३।०२।२५ गते* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको प्रमुखको रूपमा पदभार ग्रहण गरेका छन्। *पदभार ग्रहण गर्दै उनले दिएका निर्देशन:* 1. *निरन्तरता + ऊर्जा*: ट्राफिक प्रहरीले गर्दै आएका कामलाई निरन्तरता दिँदै थप ऊर्जाका साथ अघि बढ्ने। 2. *त्रुटिरहित सेवा*: कागज र व्यवहार दुवैमा त्रुटि नहुने गरी […]

नेपाल सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गरेको छ। बिदा आवश्यक हो कि होइन भन्ने विषयमा समाजमा फरक–फरक धारणा छन्। केही मानिसहरू दुई दिनको बिदाले कर्मचारी, शिक्षक तथा श्रमिकहरूको कार्यक्षमता बढ्ने तर्क गर्छन् भने केहीले हाम्रो जस्तो विकासोन्मुख र आर्थिक रूपमा कमजोर मुलुकका लागि धेरै बिदा उपयुक्त नहुने बताउँछन्। तर बिदा दिने वा […]

error: Content is protected !!