२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

दाङको कोइलावास नाकामा कोरोना भाइरस जाँच कक्ष स्थापना

Logo
प्रकाशित बिहिबार, फाल्गुण २२, २०७६


दाङको देउखुरीमा नेपाल भारत सीमा क्षेत्रअन्र्तगत कोइलावास नाकामा कोरोना भाइरस जाँच (हेल्प डेस्क) कक्ष राखिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय दाङ र गढवा गाउँपालिकाको सहयोगमा कोरोना भाइरस (हेल्प डेस्क) जाँच कक्ष स्थापना गरिएको हो। विश्वभर कोरोना भाइरस (कोभिड–१९)को जोखिम बढ्दै गएको कारण भाइरस फैलिन नदिन जाँच कक्ष स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेलले बताउनुभयो। यसैबीच कोरोना भाइरस नियन्त्रणका लागि नेपाल र भारतका स्वास्थ्यकर्मीबीच अन्तक्र्रियासमेत गरिएको छ। त्यस्तै, जिल्ला प्रशासन कार्यालय दाङले बिहीबार एक विज्ञप्ती जारी गर्दै अर्को सूचना जारी नहुँदासम्मका लागि कुनै पनि सभा, सम्मेलन, मेला, महोत्सव जस्ता भीडभाड हुने कार्यक्रमहरु नराख्न जिल्लाबासी सबैलाई आग्रह गरेको छ। त्यस्तै, दाङको लमही नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९)को जोखिम बढ्दै गएको कारण नगर अन्र्तगत कुनै पनि क्षेत्रमा सार्वजनिक कार्यक्रमको आयोजना लागि स्वीकृत नदिइने जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!