२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङको कोइलावास नाकामा कोरोना भाइरस जाँच कक्ष स्थापना

Logo
प्रकाशित बिहिबार, फाल्गुण २२, २०७६

दाङको देउखुरीमा नेपाल भारत सीमा क्षेत्रअन्र्तगत कोइलावास नाकामा कोरोना भाइरस जाँच (हेल्प डेस्क) कक्ष राखिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय दाङ र गढवा गाउँपालिकाको सहयोगमा कोरोना भाइरस (हेल्प डेस्क) जाँच कक्ष स्थापना गरिएको हो। विश्वभर कोरोना भाइरस (कोभिड–१९)को जोखिम बढ्दै गएको कारण भाइरस फैलिन नदिन जाँच कक्ष स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेलले बताउनुभयो। यसैबीच कोरोना भाइरस नियन्त्रणका लागि नेपाल र भारतका स्वास्थ्यकर्मीबीच अन्तक्र्रियासमेत गरिएको छ। त्यस्तै, जिल्ला प्रशासन कार्यालय दाङले बिहीबार एक विज्ञप्ती जारी गर्दै अर्को सूचना जारी नहुँदासम्मका लागि कुनै पनि सभा, सम्मेलन, मेला, महोत्सव जस्ता भीडभाड हुने कार्यक्रमहरु नराख्न जिल्लाबासी सबैलाई आग्रह गरेको छ। त्यस्तै, दाङको लमही नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९)को जोखिम बढ्दै गएको कारण नगर अन्र्तगत कुनै पनि क्षेत्रमा सार्वजनिक कार्यक्रमको आयोजना लागि स्वीकृत नदिइने जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!