१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

बिरामीको सेवा देखि मिस युनिभर्स नेपालको प्रतिस्पर्धीसम्म डा. नीलिमा श्रेष्ठ

Logo
प्रकाशित बिहिबार, कार्तिक २७, २०७७

भारत बाट एमबीबीएस अध्ययन सकेर नेपाल फर्किएकी डा. नीलिमा श्रेष्ठले बाल्यकाल देखि नृत्य र संगीतमा रुचि राख्ने गर्थिन । जारी मिस युनिभर्स नेपालको अब्बल प्रतिस्पर्धी श्रेष्ठले अहिले आफुलाई सहयोग गर्न सामाजिक संजालका प्रयोगकर्ताहरुलाई अनुरोध गरिरहेकी छिन ।
फरक सोच र शैलीका   साथ्आएकी    श्रेष्ठले आफूलाई प्रमुख प्रतिस्पर्धीको रूपमा उभ्याएकी छिन् । उनले आफ्नो प्रस्तुतिमा रारा तालदेखी दैलेखको ऐतिहासिक बाईसदेवल सम्मको भिडियोहरु राखेकी छन् । उनको भिडियो हेरेपछि कला, सुन्दरता र बौद्धिकताको त्रिमुर्ति मेल भएको पाउन सकिन्छ । उनलाई ब्रेभ, ब्युटी र बोल्डको समष्टि भन्दा अतिसयोक्ति नहोला ।
उनिसहित अन्य प्रतिस्पर्धीहरुले आफ्नो आकर्षक भिडियोहरु अपलोड गरिरहेका छन् । विभिन्न घटनाहरुमा आधारित भएर प्रतिस्पर्धीहरुले भिडियो बनाइरहेका छन् । उनका भिडियोले नेपालको पर्यटन प्रबर्धनमा ठुलो टेवा पुग्ने देखिन्छ । एप्रोन लाएर फ्रन्टलाईनका खटिएर बिरामीको सेवा गर्ने निलिमाको सुन्दरता मिस युनिभर्सको स्पर्धाले झन् स्पातिलो बनाउने छ ।
उनले राखेको भिडियोमा आफ्नै पिताले लेखेको गित गाएकी छिन् । साथै मिस युनिभर्स नेपाल एप डाउनलोड गरेर आफ्ना भिडियो लाइक गर्न नीलिमाले अपिल गरेकी छिन् । फरक पेशा र पृष्ठभूमिबाट आएर नेपालका बत्तिमुनिका अध्यारो भनेर चिनिएका प्राकृतिक छटाको प्रचारप्रसारमा निलिमाले कुनै कसर बाँकी छाडेकी छैनन् ।
मिस युनिभर्स नेपालमा भाग लिन भोलिसम्मका लागी आवेदन खुल्ला राखिएको छ । मिस युनिभर्स नेपाल नामको एप मार्फत उक्त प्रतियोगिता भैरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  ABC (क्राईमबिट) बुटवल । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी बिनोद घिमिरेसंग लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा कार्यरत सम्पुर्ण महिला प्र.क. (जु.प्र.अ/प्र.व.ह./प्र.स.ह./प्र.ज./प्र.का.स.) हरुको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलले जानकारी दिएको छ ।

भारत बाट एमबीबीएस अध्ययन सकेर नेपाल फर्किएकी डा. नीलिमा श्रेष्ठले बाल्यकाल देखि नृत्य र संगीतमा रुचि राख्ने गर्थिन । जारी मिस युनिभर्स नेपालको अब्बल प्रतिस्पर्धी श्रेष्ठले अहिले आफुलाई सहयोग गर्न सामाजिक संजालका प्रयोगकर्ताहरुलाई अनुरोध गरिरहेकी छिन । फरक सोच र शैलीका   साथ्आएकी    श्रेष्ठले आफूलाई प्रमुख प्रतिस्पर्धीको रूपमा उभ्याएकी छिन् । उनले आफ्नो प्रस्तुतिमा रारा […]