१८ आषाढ २०८२, बिहिबार
03-07-2025 , Thu
×

सुनसान सौराहा कोरोना भाइरसको कारण पर्यटक आवागमनमा कमी

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २३, २०७६

सौराहा : पर्यटनका लागि उपयुक्त मानिएको सिजनमा पर्यटन व्यवसाय सुनसान छ। यहाँका होटल पर्यटकविहीन भएका छन्। कोरोना भाइरसको त्रासले पर्यटन व्यवसाय प्रभावित बनेको छ।
जनवरीदेखि वर्षाअघिको समयलाई पर्यटनको पहिलो सिजनका रुपमा लिइन्छ। अघिल्लो वर्ष यो समयमा ८० प्रतिशत पर्यटक हुन्थे। तर अहिले मुस्किलले १५ प्रतिशत मात्रै पर्यटक छन्। व्यवसायी चिन्तित छन्। सौराहाको होटल सेन्ट्रल पार्कका सञ्चालक श्याम महतले व्यवसाय नाजुक अवस्थामा पुगेको बताए।
होटलमा लगानीको ऋणको भार परेको व्यवसयीको गुनासो छ। ‘बुकिङ भन्दा दिनहुँ क्यान्सिल मात्रै भएको छ’, महतले भने, ‘स्टाफ पाल्न नसक्ने अवस्थामा छांै। सरकारले पर्यटन व्यवसायीका लागि राहत प्याकेज नदिए व्यवसाय नै धरापमा पर्नेछ।’
सौराहा, पटिहानी, जगतपुर र मेघौलीका होटल सुनसान छन्। चितवन आउने पर्यटकमध्ये ४० प्रतिशत चिनियाँ हुन्छन्। कोरोनाभाइरसका कारण चिनियाँ टोली आउन छोडे। अन्य मुलुकका पनि आउन कम भएको छ। अहिले केही आन्तरिक पर्यटकमात्र आएका छन्। भारतीय र युरोपेली पर्यटक फाट्टफुट्ट छन्।
धमाधम बुकिङ रद्द भएको व्यवसायीले बताए। मार्च, अप्रिल र मेसम्म गरिएको बुकिङ रद्द भएको क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेले बताए।
चितवनमा चरा हेर्न बाह्यपर्यटक आउँछन्। मौसमका कारण पनि चरा हेर्न उपयुक्त हो। चितवन आउने पर्यटकमध्ये चरा हेर्नकै लागि चार प्रतिशत आउँछन्। चराविद् बासु बिडारीका अनुसार यो चरा हेर्ने सिजन हो। जाडो र गर्मी छल्न आउने चरा यो बेला एकैसाथ देखिन्छ। तर चरा हेर्ने पर्यटक आएनन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नागरिक उन्मुक्ति पार्टिबाट सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरी बर्खास्त भएपनि संरक्षक रेशम चौधरीले अब आफूहरु प्रतिपक्षमा बस्ने बताएका छन् । बिहीबार मन्त्री चौधरीललाई मुख्यमन्त्री कमल शाहले बर्खास्त गरेपछि संरक्षक चौधरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,’जेलबाट हुण्डी खाने सर्वहाराहरु सामाजिक सञ्जालमा कराउँदैछन् ।’

दुम्किबासको विनयी खोलाको नव निर्मित पुलबाट यातायातहरु सञ्चालनमा आयो, चितवन । नारायणगढ बुटवल सडक योजनाले उक्त पुल बिहीबारबाट सञ्चालनमा आउने जानकारी दिएको छ। ‘विनयी खोला पुलमा बुधबार कालोपत्रे सम्पन्न भएको छ । बजेदेखि नव निर्मित पुलबाट यातायात सञ्चालन हुनेछ,’ सडक योजनाले भनेको हो। गत पुस २६ गते अत्यधिक लोड बोकेको भारतीय ट्रकले उक्त पुलमा क्षति पुर्‍याएपछि डाइभर्सन […]

बैतडी । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी डम्बर बहादुर बि.क.लगायत प्रदेश स्थित अन्य सुरक्षा निकायका प्रमुख, बैतडी जिल्लाका जिल्ला स्थित सुरक्षा समितिका पदाधिकारीहरु सँग गृहमन्त्रीले छलफल तथा अन्तरक्रिया गर्दै जिल्लाको समग्र बस्तुस्थिती एवं सुरक्षाकर्मीहरुको परिचालनको बारेमा जानकारी लिई सुरक्षा निकायका प्रमुखहरुलाई शान्ति सुरक्षा अमनचयन कायम गर्ने बारे […]

error: Content is protected !!