२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सीमा नाकाहरुमा आवतजावत र कालोबजारी गर्नेविरुद्ध निगरानी गर्न गृहमन्त्री थापाको निर्देशन..

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २३, २०७६

काठमाडौं फागुन २३ कोरोना भाइरसको संक्रमणका कारण त्रास फैलिरहेको वेला बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढाउनेविरुद्ध गृह मन्त्रालयले अनुगमन तीब्र पार्ने भएको छ ।
माक्स लगायत दैनिक अत्यावश्यक सामग्रीको आपूर्ति व्यवस्थापनमा सहजिकरण गर्ने पनि मन्त्रायल निर्णय गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले यो निर्णय गरेको हो । बैठकमा सीमा नाकामा आवतजावत गर्नेमाथि सुरक्षाकर्मीबाट थप निगरानी बढाउन पनि थापाले निर्देशन दिनुभएको छ । बैठकमा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, नेपाली सेनाका उपरथी प्रभुराम शर्मा लगायतको उपस्थिति रहेको थियो ।
बैठकले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्च स्तरीय समितिसँग समन्वय गरेर काम गर्ने पनि निर्णय गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बताउनुभयो । उहाका अनुसार कोरोनाको प्रभाव न्यूीनकरणका लागि पूर्वतयारी स्थितिमा रहन पनि सुरक्षा संयन्त्रलाई गृहमन्त्री थापाले निर्देशन दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!