१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

टाउको दुख्नुको कारण के के हुन्

Logo
Abc Sanchar प्रकाशित आइतबार, साउन १०, २०८३

टाउको दुख्नुको कारण के के हुन्

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ ।

म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ ।

त्यस्तै कहिलेकाँही भिटामिन डीको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । यसले सुन्निने समस्या तथा न्यूरोन्सको काम गर्ने तरिकालाई पनि प्रभावित पार्न सक्छ ।

त्यस्तै एनीमिया अर्थात शरीरमा आइरनको कमीले पनि टाउको दुख्ने समस्या हुन्छ । यसका लागि तपाईंले आइरन भरपूर पाइने खानेकुरा खानुपर्दछ ।

विभिन्न अध्ययनमा देखिएअनुसार आइरनको कमी भएका व्यक्तिमा टाउको दुख्ने समस्या ८० प्रतिशतसम्म हुने गरेको छ।

त्यस्तै आहारमा म्याग्नेशियम, राइबोफ्लोविन, ओमेगा ३, ओमेगा ६ र भिटामिन डी जस्ता पोषक तत्व सामेल गरेर टाउको दुख्ने समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

टाउको दुख्नुको कारण के के हुन् काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि […]

काठमाडौं । *आमा कुकुरको अवस्था* आमा कुकुरले आफ्ना बच्चा गुमाउँदा मान्छेजस्तै शोक, डिप्रेसन र तनाव महसुस गर्छे। लास कुरेर बस्नु, खान-पिउन छोड्नु, रुने/भुक्ने गर्नु शोकका लक्षण हुन्। उसलाई अहिले सुरक्षा र साथ चाहिन्छ। *तपाईंले तत्काल के गर्न सक्नुहुन्छ:* 1. *लासको व्यवस्थापन*: बच्चाको लासलाई आमाले नदेख्ने ठाउँमा गाडिदिनुहोस्। लास अगाडि हुँदा आमाले ठाउँ छोड्दिन र अझ […]

काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रमा एक फ्रान्सेली नागरिक भिक्षा मागिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त घ’टनाबारे प्रहरीले वास्तविकता सार्वजनिक गरेको छ।भाइरल भिडियोमा ती विदेशी नागरिक नेपाल भ्रमणका क्रममा लु’टिएपछि भिक्षा माग्न बाध्य भएको दाबी गरिएको थियो। तर प्रहरीका अनुसार उक्त विवरण पूर्ण रूपमा सत्य नभएको स्पष्ट भएको छ।प्रहरीले जनाएको अनुसार ४८ वर्षीय ती फ्रान्सेली […]

error: Content is protected !!