२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

आफूभन्दा जुनियर आईजी भएपछि डिजाईजी डा.सुब्बाले दिए राजीनामा

Logo
प्रकाशित शनिबार, फाल्गुण २४, २०७६

सागर थापा
काठमाडौं नेपाल प्रहरीमा आफूभन्दा जुनियर आईजी भएपछि डिजाईजी डा. राजीव सुब्बाले राजीनामा दिएका छन्।
नेपाल प्रहरीका प्राविधिक तर्फका डिआईजी सुब्बाले शुक्रबार प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका हुन् ।
प्रहरी सेवामा चार वर्षदेखि डिआईजी भएर पद सम्हाल्दै आएका सुब्बा २५ वर्षअघिदेखि प्रहरी सेवामा छन् ।
उनी प्राविधिकतर्फको डिआईजी भएको र प्राविधिक तर्फ एआईजी दरबन्दी नहुँदा उनीभन्दा जुनियर अधिकारी एआईजी, आइजी हुँदा पनि संगठन र गृह मन्त्रालयले प्राविधिकतर्फ एआइजीको दरबन्दी नबनाएको भन्दै संगठनमा असन्तुष्टि थियो।
उनीभन्दा जुनियर ठाकुर ज्ञवाली, सर्वेन्द्र खनाल आईजी भइसकेका छन् ।
उनीभन्दा जुनियर पुष्कर कार्की पनि एआइजी भए। हस्पिटलमा उनीभन्दा जुनियर आशा सिंह एआइजी भएकी छन्।
नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउन ठूलो योगदान दिएका सुब्बाको राजीनामा गृहमन्त्रालयले स्वीकृत गरेको छैन

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!