११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

आफूभन्दा जुनियर आईजी भएपछि डिजाईजी डा.सुब्बाले दिए राजीनामा

Logo
प्रकाशित शनिबार, फाल्गुण २४, २०७६

सागर थापा
काठमाडौं नेपाल प्रहरीमा आफूभन्दा जुनियर आईजी भएपछि डिजाईजी डा. राजीव सुब्बाले राजीनामा दिएका छन्।
नेपाल प्रहरीका प्राविधिक तर्फका डिआईजी सुब्बाले शुक्रबार प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका हुन् ।
प्रहरी सेवामा चार वर्षदेखि डिआईजी भएर पद सम्हाल्दै आएका सुब्बा २५ वर्षअघिदेखि प्रहरी सेवामा छन् ।
उनी प्राविधिकतर्फको डिआईजी भएको र प्राविधिक तर्फ एआईजी दरबन्दी नहुँदा उनीभन्दा जुनियर अधिकारी एआईजी, आइजी हुँदा पनि संगठन र गृह मन्त्रालयले प्राविधिकतर्फ एआइजीको दरबन्दी नबनाएको भन्दै संगठनमा असन्तुष्टि थियो।
उनीभन्दा जुनियर ठाकुर ज्ञवाली, सर्वेन्द्र खनाल आईजी भइसकेका छन् ।
उनीभन्दा जुनियर पुष्कर कार्की पनि एआइजी भए। हस्पिटलमा उनीभन्दा जुनियर आशा सिंह एआइजी भएकी छन्।
नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउन ठूलो योगदान दिएका सुब्बाको राजीनामा गृहमन्त्रालयले स्वीकृत गरेको छैन

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!