दाङ । जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख डिएसपी हेम केसीले सल्यान खलंगा निवासी ७८ वर्षीया अमृता परियार आमालाई सहयोग गर्नुभएको छ।
विगत ३० वर्षदेखि जंगलको बीचमा एकल जीवन बिताइरहनुभएकी भगवान रूपी अमृता परियार आमाको स्वास्थ्य उपचार तथा थोरै भए पनि आर्थिक सहयोग गर्ने अवसर पाउँदा आफू आमाप्रति आभारी रहेको डिएसपी केसीले बताउनुभयो।
उहाँले आमाको आशीर्वाद सधैं लागिरहोस् भन्ने कामना समेत गर्नुभयो।
प्रहरीको यस्तो मानवीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ।