२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

रुकुमबाट नेपालगन्ज जादै गरेको फोर्स बस दुर्घटना हुँदा ९ जना घाइते

Logo
प्रकाशित आइतबार, फाल्गुण २५, २०७६

सागर थापा/महेन्द्र सिंह
बाँके फागुन २५ राप्तीसोनारी गाउँपालिका अन्तर्गत पुर्ब पश्चिम राजमार्गमा फोर्स बस दुर्घटनामा हुँदा ९ जना घाइते भएका छन् ।
दुर्घटनामा एक जनाको अवस्था गम्भीर रहेको छ। रुकुमबाट नेपालगन्ज आउँदै गरेको भे १ ख ३२५५ नम्बरको फोर्सलाई नेपालगन्जबाट काकडभित्ता जाँदै गरेको ना ६ ख ५०७० बसले आज दिउसो ३:३० बजे अगैया र जिरोको बिचमा ठक्कर दिदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख पडिएसपी कुल दिप चन्दले जानकारी दिनुभएको छ।
घाइतेहरुलाई उपचारका लागि कोहलपुर पठाएको छ। फोर्स बसमा १३ जना सवार रहेको कोहलपुर प्रहरीले जानकारी दिएको छ। साईड दिने क्रममा ठक्कर दिएर अगाडी बढेको बसलाई ईप्रका प्रहरी कुसुमले नियन्त्रण लिई छलफल पछी बसलाई छोडेको ईप्रका कुसुमका प्रमुख लक्ष्मण डागीले बताएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]