३० साउन २०८३, शनिबार
15-08-2026 , Sat
×

३० गण बाँकेका गणपति एसपी भीमबहादुर चन्द आएसँगै तस्करी नियन्त्रणमा कडाइ सीमा क्षेत्रमा निगरानी,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र ०२, २०८२

बाँके । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण मुख्यालय बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर चन्दको सक्रियतासँगै जिल्लामा तस्करी नियन्त्रणमा कडाइ गरिएको छ। सीमावर्ती क्षेत्रमा निगरानी बढाइँदै नियमित गस्ती र चेकजाँचलाई तीव्र बनाइएको सशस्त्र प्रहरीले जनाएको छ।यसै क्रममा चैत १ गते नं. ३० गण मुख्यालय बागेश्वरी बाँके तथा मातहत इकाइबाट खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको अन्दाजी ८ लाख ५३ हजार ३५ रुपैयाँ बराबरका विभिन्न सामग्री बरामद गरेको हो।

बरामद गरिएका सामग्री आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय जमुनाहा, बाँकेमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमामा निगरानी कडा बनाइएपछि तस्करीमा संलग्न व्यक्तिहरूमा त्रास बढेको र अवैध गतिविधि नियन्त्रणतर्फ उन्मुख भएको स्थानीयको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]