३० साउन २०८३, शनिबार
15-08-2026 , Sat
×

काठमाडौं नागार्जुन क्षेत्रबाट अवैध हुण्डी तथा क्रिप्टो कारोबारमा संलग्न रहेका २ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र ०२, २०८२

काठमाडौं । नेपाल प्रहरीले नागार्जुन नगरपालिका-८ भिमढुंगाबाट २८ वर्षीय सागर गिरी र सोही उमेरका प्रमोदप्रसाद धिताललाई नगदसहित नियन्त्रणमा लिएको हो।

उनीहरूको साथबाट करिब १ करोड १६ लाख रुपैयाँ नगद बरामद गरिएको छ।

प्रहरीले उनीहरूको साथबाट विभिन्न बैंकका फरक-फरक व्यक्तिको नाममा रहेका तीन थान चेकबुक, विभिन्न व्यक्तिको नाममा काटिएका २७ लाख ३० हजार रुपैयाँ बराबरका तीन वटा चेक तथा चार वटा बैंकका एटीएम कार्ड समेत फेला पारेको जनाएको छ।

यसका साथै एक थान नागरिकता, दुई वटा चारपाङ्ग्रे सवारी साधन, एउटा दुईपाङ्ग्रे सवारी, एक थान सवारी दर्ता किताब र विभिन्न कम्पनीका छ वटा मोबाइल फोन पनि बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

बरामद सामग्रीमा ३१ वटा एनसेल र नेपाल टेलिकमका सिमकार्ड, एक कम्प्युटर तथा बाइनान्स खातामा रहेको ७ हजार १७५.३४ यूएसडीटी समेत रहेको भट्टराईले बताएका छन् ।  प्रहरीले यसबारे थप अनुसन्धान अघि बढाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]