२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

बलिउड अभिनेता धमेन्द्रको रेष्टुरेन्टमा प्रशासनको सील

Logo
प्रकाशित आइतबार, फाल्गुण २५, २०७६

दिल्ली बलिउड अभिनेता धमेन्द्रको रेष्टुरेन्ट ‘हि म्यान’ सील गरिएको छ। हरियाणाको करनाल नगर निगमले रेष्टुरेन्टमा निर्माण सम्बन्धि कमी पाएका कारण यसलाई सील गर्ने आदेश दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उक्त रेष्टुरेन्ट फेब्रुअरी १४ तारिखका दिन खोलिएको थियो। यो रेष्टुरेन्ट राष्ट्रिय राजमार्ग–४४ मा करनाल शहरको बाहिरी इलाकामा बनेको थियो। प्रशासनको तर्फबाट रेष्टुरेन्टलाई दुईपटक नोटिस पठाइएको भएपछि त्यहाँबाट कुनै जवाफ नआएपछि प्रशासनले यसलाई सील गर्ने निर्णय लिएको सम्बन्धीत निकायलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्। उक्त निर्णयपछि हरियाणा सरकारले राज्यमा भएका सबै व्यावसायिक प्रतिष्ठानलाई सर्भेको आदेश पनि दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!