१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

प्रेस लेखेको मोटरसाइकल दुरुपयोग गरि लागू औषध तस्करी पक्राउ

Logo
प्रकाशित मंगलबार, फाल्गुण २७, २०७६

बारामा ९ सय थान पिस लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । बारा जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित नेपाल विद्युत प्राधिकरण अगाडि बाटोबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा पर्सा विरगन्ज महानगरपालिका–१५ का ३० वर्षीय जितेन्द्रकुमार सिंह र भारत विहार बस्ने वर्ष २२ को नासिर आलम छन् । जितेन्द्रले प्रेस लेखिएको ना ६२ प ६२६७ न.को मोटरसाइकल चलाएका थिए ।
जितेन्द्र र नासिरले गरेको कुराकानी प्रहरीलाई शंकास्पद लागेपछि मोटरसाइकल जाँच गर्दा लागुऔषध भेटिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट अवैध लागु औषध डाइजेपाम ३०० (तीन सय) पिस, नुफिन ३०० (तीन सय) पिस, फेनारगन ३०० (तीन सय) पिस गरी ९०० (नौ सय) थान बरामद भएको छ !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अर्घाखाँचीका तत्कालीन डिएसपी दिवस जिसीमाथि तीन वर्षअघिको एउटा अनुसन्धानमा लापरबाही गरेको आरोपमा छानबिन शुरु भएको छ । २०८० साउन २६ गते भएको अर्घाखाँचीको भूमिकास्थान ७ का ४५ वर्षीय पदम केसीको मृत्यु प्रकरणमा लापरबाही भएको जनाउँदै जिसीमाथि छानबिन थालिएको हो । त्यतिबेला हातहतियार खरखजाना भवितव्यमा अनुसन्धान गरिएको उक्त मुद्दामा हालका अर्घाखाँची प्रहरी प्रमुख रहेका […]

काठमाडौं । राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक पदबाट सेवानिवृत्त हुनुभएको हो। उहाँ २०८० वैशाख १ गतेदेखि सशस्त्र प्रहरीको ९औं आईजीपीको रूपमा कार्यरत हुनुहुन्थ्यो । – *नारायणदत्त पौडेल*: नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक हुनुहुन्छ। उहाँ सशस्त्रको १०औं आईजीपीको रूपमा नियुक्त हुनुभएको हो। – *विदाई कार्यक्रम*: आईजीपी पौडेलले अवकाशमा जान लाग्नुभएका पूर्व आईजीपी अर्याललाई मायाको चिनो प्रदान गरेर […]

सुर्खेत । सामाजिक संजाल मार्फत प्राप्त गुनासोलाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको निर्देशन अनुसार सडकमा सवारी साधनको अगाडी टिकटक बनाउने जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा.११ बस्ने भावना पुन मगर र सवारी साधनको छतमा यात्रुहरुलाई सवार गराउने लु.प्र.०१-००१ख १०६४ नं.को फोर्स गाडीको […]

error: Content is protected !!