२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

नेपाल प्रहरीको १६ जना मात्र डीआईजी राख्ने तयारी गृहसँग आईजीपी रुष्ट

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ३०, २०७६

सागर थापा
सरकारले नेपाल प्रहरीमा १६ मात्र डीआईजी राख्ने तयारी, गृहसँग आईजीपी रुष्ट
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) को संख्या घटाउन तयारी थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गृहले डीआईजीको दरबन्दी घटाउन थालेको हो ।
यद्यपि गृहमन्त्री रामबहादुर थापा अध्ययनविनै दरबन्दी घटाउन नहुने पक्षमा छन् । तर प्रधानमन्त्रीको निर्देशन भएकाले उनले चाहेर मात्रै डीआईजीको संख्या कति रहने भन्ने अवस्था नरहेको गृह स्रोतले जनाएको छ ।
हाल नेपाल प्रहरीमा २६ जनपद र ८ प्राविधिक गरी ३४ डीआईजीको दरबन्दी छ । प्राविधिक दरबन्दी भने कटौती हुने सम्भावना कम छ । हाल नेपाल प्रहरी जनपदतर्फ तीन एआईजीको दरबन्दी छ । एकजना एआईजी प्रहरी अस्पतालमा कार्यरत छन् । ३४ डीआईजीको दरबन्दी घटाएर १६ जनामात्रै राख्ने गरि तयारी थाल्न प्रधानमन्त्रीले निर्देशन दिएको गृह स्रोतको दाबी छ ।
हाल डीआईजीको प्रतिस्पर्धामा ३४ जना छन् । यदि १६ जना मात्रै डीआईजी बन्ने अवस्था आएमा १२ एसएसपी मात्रै डीआईजी हुन पाउनेछन् । किनभने सूर्य उपाध्याय, नीरज शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेल डीआईजी छन् । यस्तोमा १२ जनामात्रै नयाँ डीआईजी थपिनेछ । तर यसको अन्तिम टुङ्गो लागिसकेको छैन । प्रहरीका एक उच्च अधिकारीले भने, “अहिले २२ नयाँ डीआईजीको दरबन्दी रिक्त छ । घटाउने कुरा आइरहेको छ । नयाँ डीआईजी १२ कि १८ भन्नेबारे बहस अगाडि बढेको छ ।”
तर प्रहरी प्रधान कार्यालय भने डीआईजीको संख्या घटाउन नहुने पक्षमा छ । ७ वटै प्रदेश प्रमुख डीआईजी हुन्छन् भने अन्य महत्त्वपूर्ण विभागमा समेत डीआईजीले कमान्ड गर्दै आएका छन् । गृहले डीआईजी घटाउने प्रक्रिया एकोहोरो रूपमा अगाडि बढाएपछि आईजीपी ठाकुरप्रसाद ज्ञवाली भने रुष्ट छन् ।
यसबीचमा प्रहरी प्रधान कार्यालयसँग आवश्यक समन्वयसमेत हुन सकेन । गृहका एक अधिकारीका अनुसार डीआईजीको दरबन्दी घटाउने विषयमा प्रधानमन्त्रीलाई केही व्याक्तिले दबाब दिएको बताइएको छ । जसमा राष्ट्रिय अनुसन्धान विभागका अधिकारीको समेत भूमिका रहेको बताइन्छ ।
प्रहरी प्रवक्ता डीआईजी (प्रस्तावित एआईजी) शैलेश थापा क्षेत्री आफूलाई यसबारे जानकारी नभएको बताउँछन् । मन्त्रालयले भने धेरै डीआईजी हुँदा राज्यलाई आर्थिक भार पर्ने भएकाले घटाउन लागेको र नयाँ प्रहरी ऐनअनुसार समायोजनमा जाँदा धेरै डीआईजी नचाहिने भन्दै दरबन्दी घटाउने तर्क अघि सारेको छ ।
स्रोतका अनुसार आईजीपी ज्ञवालीले भने तत्काल डीआईजीको दबरन्दी घटाए त्यसको असर सिंगो संगठनमा नकारात्मक पर्ने बताउँदै आएका छन् । पूर्वप्रहरी अधिकारी तत्काल डीआईको संख्या घटाउन नहुने पक्षमा देखिन्छन् । लोकसेवा आयोग र अर्थ मन्त्रालयले सहमति दिए मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि डीआईजीको दरबन्दी संख्या घटाउन र बढाउन सकिन्छ । प्रधानमन्त्री नियमीत काममा फर्किएपछि त्यसबारे अन्तिम टुङ्गो लाग्ने बताइएको छ ।
३४ एसएसपी मध्येबाट सरकारले तोकेअनुसार डीआईजी बढुवा हुनेछन् । डीआईजी बढुवाको लाइनमा एसएसपीहरू घनश्याम अर्याल, पुरुषोत्तम कँडेल, गणेशबहादुर ऐर, वसन्त पन्त, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, सहकुल थापा, राजेशलाल कर्ण, दिलीप चौधरी, देवबहादुर बोहोरा, रामकृपाल साह, उत्तमराज सुवेदी, धीरजप्रताप सिंह, वसन्तकुमार लामा, दिवेश लोहनी, रवीन्द्र धानुक, प्रदीपकुमार श्रेष्ठ, अरुणकुमार बीसी, हरिराज वाग्ले, प्रकाश अधिकारी, सुशीलकुमार यादव, किशोरकुमार दाहाल, मुकुन्दराज आचार्य, पूजा सिंह, विक्रमबहादुर सिंह, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, शेखर कोइराला, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्रीलगायत छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]