२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कोरोनाको प्रकोपले शान्ति मिसनमा जाने नेपाली सुरक्षाकर्मीहरु रोकिए

Logo
प्रकाशित शनिबार, चैत्र ०१, २०७६

काठमाडौँ विश्वभर कोरोना भाइरसको प्रकोप बढेसँगै संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत छनोट भएर त्यसतर्फ जाने तयारीमा रहेका सुरक्षाकर्मी रोकिएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट मिसन जाने तयारीमा रहेका सबै सुरक्षाकर्मीलाई राष्ट्रसंघको आग्रहमा रोकिएका हुन् । नेपाली सेनाबाट राष्ट्रसंघको दक्षिण सुडानमा तैनाथ युनाइटेड नेसन्स मिसन इन साउथ सुडान (अनमिस) अन्तर्गत तैनाथ हुन लागेको करिब सात सय जना सम्मिलित गण तहको फौज रोकिएको छ । त्यस्तै अनमिसका लागि प्रहरीबाट युनाइटेड नेसन्स पुलिस (अनपोल) अन्तर्गत छनोट भएका अधिकृतस्तरका १७ जनाको टोली पनि अर्को निर्णय नभएसम्म जान पाउने छैनन् । सशस्त्र प्रहरीका अधिकृतको पनि मिसन यात्रा दुई महिना धकेलिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले हाल मिसनमै तैनाथ कर्मचारीको बसाइ दुई महिना थप भएकाले तत्काल नेपालबाट जान रोकिएको बताए । ‘कोरोना भाइरसको प्रकोप न्यूनीकरणअन्तर्गत मिसनमा कार्यरतको म्याद दुई महिना थप भएको हो,’ खनालले भने, ‘दुई महिनापछिको अवस्था के हुन्छ, त्यसपछि मात्रै यताबाट जाने वा स्थगनको निर्णय यथावत् हुने भन्नेबारे निर्णय हुन्छ ।’ कोरोनाको असरले इटाली, भियतनाम र इन्डोनेसियाका लागि तय भएको नेपाल प्रहरीको विशेष तालिम पनि रद्द गरिएको छ । प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीका अनुसार इटाली र इन्डोनेसियाका १र१ र भियतनामका लागि दुईवटा तालिम रद्द गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!