१९ आषाढ २०८२, शुक्रबार
04-07-2025 , Fri
×

सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको १२ लाख रुपैयाँ सहित दुईजना पक्राउ

Logo
प्रकाशित शनिबार, चैत्र ०१, २०७६

सागर थापा
बाराको परवानिपुर गाँउपालिका ३ बाट शनिबार एपीएफ टोलीले स्रोत नखुलेको १२ लाख ३६ हजार ५ सय नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत घर बताउने ४० बर्षिय ईनामोल र २५ बर्षिय ईसा आलम छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जितपुरबाट खटिएको एपीएफ टोलीले निजहरुलाई उक्त रुपैयाँसहित पक्राउ गरेको हो ।
बी आर ०५ जेड १४४३ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरुलाई एपीएफ टोलीले जाँच गर्दा सो रुपैयाँ फेलाको र सोधपुछ गर्दा स्रोत खुलाउन नसकेपछि उल्लेखित रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष -गृहकार्य र पारिवारिक जिम्मेवारीमा समय बित्न सक्छ। मन केही भावुक हुने सम्भावना छ। पुराना सम्झनाले असर गर्न सक्छ। ध्यान केन्द्रित गर्नुपर्ने समय हो। वृष-सञ्चारमा सहजता आउँछ। नयाँ कुरा सिक्न मन लाग्नेछ। छोटो यात्रा वा भाइबहिनीसँगको भेटघाट सुखद हुनेछ। आत्मविश्वास बढ्न सक्छ। मिथुन-धनसम्बन्धी सोच-विचारमा समय बित्नेछ। खर्च र बचतको सन्तुलन मिलाउनु आवश्यक हुनेछ। मिठो बोलाइबाट […]

  काठमाडौं । नागरिक उन्मुक्ति पार्टिबाट सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरी बर्खास्त भएपनि संरक्षक रेशम चौधरीले अब आफूहरु प्रतिपक्षमा बस्ने बताएका छन् । बिहीबार मन्त्री चौधरीललाई मुख्यमन्त्री कमल शाहले बर्खास्त गरेपछि संरक्षक चौधरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,’जेलबाट हुण्डी खाने सर्वहाराहरु सामाजिक सञ्जालमा कराउँदैछन् ।’

दुम्किबासको विनयी खोलाको नव निर्मित पुलबाट यातायातहरु सञ्चालनमा आयो, चितवन । नारायणगढ बुटवल सडक योजनाले उक्त पुल बिहीबारबाट सञ्चालनमा आउने जानकारी दिएको छ। ‘विनयी खोला पुलमा बुधबार कालोपत्रे सम्पन्न भएको छ । बजेदेखि नव निर्मित पुलबाट यातायात सञ्चालन हुनेछ,’ सडक योजनाले भनेको हो। गत पुस २६ गते अत्यधिक लोड बोकेको भारतीय ट्रकले उक्त पुलमा क्षति पुर्‍याएपछि डाइभर्सन […]

error: Content is protected !!