११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

पर्सा प्रहरीले विद्युत चोरी गर्ने १७ जना पक्राउ

Logo
प्रकाशित सोमबार, चैत्र ०३, २०७६

पर्सा प्रहरीले तारमा हुक लगाई विद्युत् चोरी गर्ने १७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका–२ का सुरूज महरा, जोखु माझी, पर्सागढी नगरपालिका–७ का चन्द्र दास, मुनिलाल दास, अरुण महतो जुमन मिया, जय करण सिंह, पप्पु प्रसाद पटेल, खलिल मिया, हरी माझी रहेका छन् । यस्तै बली माझी, कृष्ण माली भगत, रूपेश मुखिया, मुकेश मुखिया, अलख प्रसाद यादव ईस महमद मियाँ र सुरेन्द्र सहनी छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सा र विद्युत् प्राधिकरण पोखरियाको संयुक्त टोलीले शनिबार पर्साका विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हो,धेरै वर्षदेखि कुरिएको नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ। *सुरुङको लम्बाइ २.६८ किमी मुख्य सुरुङ नेपालको सबैभन्दा लामो सडक सुरुङ जोड्ने काठमाडौंको नागढुङ्गा र धादिङको सिस्ने खोला पहिले ४५ मिनेट-१ घण्टा लाग्ने बाटो अब ५-६ मिनेटमै पार हुन्छ वर्षामा पहिरो, जाम र दुर्घटना घट्ने। तराई-मधेसबाट काठमाडौं आउने सवारीलाई धेरै राहत […]

रुपन्देही । सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायण दत्त पौडेलले लुम्बिनी प्रदेशको भारतसँग जोडिएको ३ वटा जिल्लाको सीमा क्षेत्रको फिल्ड अनुगमन गर्नुभएको छ । पश्चिम नवलपरासी कपिलवस्तु कृष्णनगर नाका पर्ने जिल्ला रुपन्देही बेलहिया,भैरहवा नाका पर्ने जिल्ला पुगेर निर्देशन दिदै सशस्त्र प्रहरी IGP पौडेलले ती जिल्लाका सशस्त्र प्रहरीका बाहिनी, गण, गुल्म, बोर्डर आउट पोष्ट र सुरक्षा पोष्टमा […]

काठमाडौं । स्वास्थ्य ऐन, २०७५ ले स्वास्थ्य संस्था बाहेकलाई एम्बुलेन्स सञ्चालन गर्न रोक लगाएपछि नवीकरण हुन नसकेर ती एम्बुलेन्स थन्किएका हुन्। संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) का अध्यक्ष नवराज लामिछानेका अनुसार स्वास्थ्य संस्थाबाहेकले सञ्चालन गरेका एम्बुलेन्स नवीकरण भएका छैनन्। यो सङ्ख्या अरु थप एक हजार ५०० रहेको उनले जानकारी दिए। देशभरमा ६ […]

error: Content is protected !!