२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

सीमा सुरक्षा बैठकमा सहभागी नेपाल र भारतका सुरक्षा प्रमुखहरु

Logo
प्रकाशित सोमबार, चैत्र ०३, २०७६

सागर थापा/महेन्द्र सिंह खुला सिमानामा बस्नेलाई जति फाइदा छ, सीमा सुरक्षामा उत्तिकै चुनौती पनि छ यतिबेला खुला सिमानामा वेरोकटोकमा भईरहेको आवागमनले ‘कोरोना भाइरस’ को सुरक्षा चुनौती बढेको हो’ बर्दियाका एसपी राजेश नाथ वास्तोलाले पहिलो ऐजेण्डा प्रस्तुत गर्दे भने यति बेला सीमामा कोरोना भाईरस’ संक्रमित मूख्य चुनौती बनेको छ भने लागुऔषध तथा मानव वेचविखन जस्ता बिषय सहायकका रूपमा अहिले देखिएका छन एकातिर सीमा आसपासका सर्वसाधारणले खुला सीमालाई जीवनयापन सहज भएपनि संक्रमित आवागमन भएमा ‘कोरना भाईरस’ सर्ने उच्च जोखिम भएको उनले बताए। नेपाल र भारतका सुरक्षा निकायले प्रस्तुत गरेको प्रतिवेदनमा खुला सिमानामा हुने बेरोकटोक आवागमनले ‘कोरोना भाईरस’ सर्ने जोखिम बढिरहेकोे पुष्टि गर्छ। तीन जिल्लाका नेपाल भारतका उच्च सुरक्षाअधिकारी सहभागी संयुक्त सुरक्षा बैठकमा आईतबार नयाँ विषय ‘कोरोना भाईरस’ सर्ने जोखिमको एजेण्डा बनेको थियो।
पश्चिमको पर्यटकीय गन्तव्य ठाकुरद्धारामा आईतबार आयोजित बैठकमा ‘कोरोना भाईरस’ नेपाल भारतका सुरक्षाकर्मीले खुला सीमा सुरक्षा चुनौतीको रूपमा रहेको औल्याए। सुरक्षाको दृष्टिले संवेदनशील मानिएका सीमावर्ती जिल्ला बाँके, बर्दिया र दाङ भारतको बहराईच, बलरामपुर र सरावस्ती जिल्ला खुल्ला सिमानाका कारणले ‘कोरोना भाईरस’ सर्ने जोखिम न्यूनिकरण गर्न दुबै देशका सुरक्षा अधिकारीले छलफल गरेका थिए। यसै क्रममा दुबै देशका सुरक्षा अधिकारीले अपराधिक समूहले हत्या, अपहरण, विस्फोट, मानव बेचबिखन, साना हतियार, जाली नोट, लागुऔषध ओसारपसारजस्ता घटना बढाएको चिन्ता व्यक्त गरे।
दुवै देशका सुरक्षा अधिकारीले मुख्य बिषयको रूपमा छलफल भएको ‘कोरोना भाईरस’ सर्ने जोखिम नियन्त्रण गर्न पछिल्लो समय समन्वय गरिएको दाबी गरेका छन्। भारतीय सीमा सुरक्षा बल ९एसएसबी बाट नेपालीले दैनिक उपभोग्य बस्तु ल्याउने क्रममा कुटपिट तथा बेइज्जती सहनुपर्ने घटना कम हुँदै गएको उनीहरूको भनाइ छ।‘दुबै सुरक्षा निकायबीच समन्वयमा अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सहज भएको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बताए। खुला सीमा क्षेत्रमा हेल्थ डेस्क स्थापना मार्फत दुबै देश नागरिकलाई ‘कोरोना भाईरस’ सम्बन्धी सचेतनाका लागि भारतीय पक्ष पनि गम्भिर देखिएको उनले जानकारी दिए।
‘भारतीय सुरक्षा अधिकारीले नेपालीलाई दुःख नदिने सार्वजनिक प्रतिबद्धतासँगै अपराध न्यूनीकरणमा सघाउन थालेका छन्,’ उनले भने। अपराध हुनमा अबैध खुला सिमानाले सहज बनाएको उनको भनाई छ।
सुरक्षा संबेदनशीलतालाई मध्य नजर गर्दै ‘कोरोना भाईरस’ को नियन्त्रणको लागि हेल्थ डेस्क स्थापना गरिने बहराईचनका एसपि विपिन मिश्राले जानकारी दिए। भारतीय सीमामा लुटिने, सुरक्षाकर्मीले विभिन्न बहाना बनाएर दुःख दिने घटनाप्रति भारतीय पक्ष गम्भीर भएको उनको भनाई छ।
दुबै देशलाई हानी पुग्ने कोरना भाईरस नियन्त्रण र सचेत गराउँन हाम्रो हर प्रयास हुने छ’ उनले भने, ‘कुनै पनि किसिमले दुबै देशका नागरिकलाई सुरक्षा गर्ने विषयमा गम्भीर हुन पर्छ।’
दुवै देशका सुरक्षा अधिकारीबीच नियमित सुरक्षा बैठकमा ओहोरदोहोर गर्ने निश्चित ट्रान्जिट प्वाइन्ट’ बनाएर वारिपारि गर्नेको अभिलेख तयार गरि सुरक्षा निगरानी बढाउनुपर्ने दुबै देशका सुरक्षा अधिकारीले प्रतिवद्धता जनाए। ‘सबै खाले अपराधको खुला सिमानासित जोडिएको छ। त्यसैले कोरोना भाईरसको जोखिम न्यूनिकरण गर्न सतर्कता उत्तिकै आवश्यक छ,’भारतीय पक्षक एक सहभागीले भने ।
नेपाल भारतका सीमावर्ती अपराधिक क्रियाकलाप नियन्त्रण गर्न दुबै देशका सुरक्षाकर्मी सहकार्य गर्ने बैठकको निर्णयमा उल्लेख छ। सुरक्षा बैठकले हतियार, विस्फोटक पदार्थ र लागूऔषध निगरानी तथा नियन्त्रणमा सहयोग पुगेको बैठकको निष्र्कष छ। हेल्थ डेस्क स्थापना गरेर चेक जाँच र कोरना भाईरस सम्बन्धी सचेतना दिने र मानव वेचविखन र लागूऔषधको कारोबार नियन्त्रणमा दुवै देशका सुरक्षा अधिकारीले त्यस्ता गतिविधि पहिचान गरि नियन्त्रण गर्न सहमति जनाएका हुन।
बैठकमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख,सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान प्रमुखको सहभागिता थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!