२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

भव्य समारोहबीच फोर्स गाडी सोरुम को उदघाटन

Logo
प्रकाशित सोमबार, चैत्र ०३, २०७६

नेपालगन्ज(बाँके)३,चैत्र
मध्यपश्चिम क्षेत्र कै ब्यापारिक हब को हिसावले चिनिने बाँकेको नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतको वार्ड नं २० राझा चोक नजिक फोर्स कम्पनीको गाडी सोरुम सत्यवती मोटर्स प्रा. लि.को भव्य समारोहका बिच खजुरा गाउँ पालिका वडा नं ४ का वार्ड अध्यक्ष तिलक वीर सुनारलले रिबन काटेर उदघाटन गरेका हुन।कार्यक्रममा प्रमुख अतिथि वार्ड अध्यक्ष तिलक वीर सुनार,अतिथिमा  ,पत्रकार भीम नेपाली र सुरज ,ट्राफिक प्रहरी नायब निरीक्षक पशुपति नाथ ,प्रहरी नायब निरीक्षक लील बहादुर बि. क. ,यस प्रा. लि.का संचालक हिरामान श्रेष्ठ,नमस्ते कान्तिपुर यातयात प्रा. ली.का अध्यक्ष थमन रोकायको उपस्थिति थियो। कार्यक्रमको सभापतित्व गोपाल श्रेष्ठले गरेका थिए भने सञ्चालन रवि पाण्डेले गरेका हुन्। कार्यक्रममा प्रमुख अतिथिले आमजनताको आजको माग फोर्स मोटर्स नै हो भन्नु भयो र सफल मोटर्स रूप मा फोर्स मोटर्स रहेको बताए।प्रा . लि.कम्पनी का संचालक रवि पाण्डेले आज देखि पाँच दिन सम्म गाडी खरिदमा विशेष छुट रहेको बताए। हाल अधिकतम मूल्य ४ करोड बराबरको लगानीमा बाँकेमा स्थापना भएको बताए।कम्पनीका सञ्चालनमा गोपाल श्रेष्ठ,रवि पाण्डेय,राम प्रसाद ढकाल र ललित डि. सी.समेत ४ जना रहेको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!