२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँके ट्राफिक प्रमुख:बम सडक लेन अनुशासन सिकाउँदै सडकमा

Logo
प्रकाशित सोमबार, चैत्र ०३, २०७६

सागर थापा/महेन्द्र सिंह
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सडक लेन अनुशासन सम्बन्धि प्रशिक्षण अभियान सोमबार देखि सुरु गरेको छ । पछिल्लो समय बाँके जिल्लामा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सवारी चालकहरुलाई सडक लेन सम्बन्धी जनचेतना मुलक कार्यक्रम संचालन गरिएको छ ।
नेपालगन्ज कोहलपुर सडक अलावा जिल्लाका बिभिन्न राजमार्गमा हुने सवारी दुर्घटनाका कारण मानबिय तथा भौतिक क्षती हुने क्रम बढेपछि सडक लेन सम्बन्धी चेतनामुलक कार्यक्रम संचालन गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिनुभएको छ ।
बाँके ट्राफिक प्रहरीले नेपालगंज उपमहानगर पालिका वडा न. २० स्थित कोहलपुर नेपालगंज सडक खण्ड अन्र्तगत राझा चोकमा सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले ४१० जना सवारी चालक परिचालक तथा सडक प्रयोगकर्ता हरुलाई सचेतना गराइएको थियो ।
बाँके ट्राफिक प्रमुख प्रहरी निरीक्षक बमले पहिलो चरणमा चालक, सहचालक र पैदल यात्रुहरुलाई लेन सम्बन्धी सचेतनामुलक कार्यक्रम गर्ने र दोस्रो चरणमा सचेतनाका साथै सडक लेन सम्बन्धी नियम पालना नगरेको खण्डमा जरीवाना समेत गरिने बाँके ट्राफिक प्रमुख बमले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!