०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
×

डाँगीमाथि खुकुरी प्रहार गरि हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ

Logo
प्रकाशित मंगलबार, चैत्र ०४, २०७६

एबिसी क्राईम ब्युरो
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ नामिनगर निवासी २४ बर्षीय हिरा डाँगीमाथि खुकुरी प्रहार गरि हत्या गरेको अभियोगमा प्रहरीले तीन युवाहरुलाई पक्राउ गरेको छ । तुलसीपुर ६ गोलौरा निवासी २३ बर्षीय अनुप बस्नेत, २२ बर्षीय सुशील बस्नेत र २५ बर्षीय अमिक खड्का पक्राउ परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता चक्रडम्मर पालले जानकारी दिए ।
उनीहरु सबैलाई तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरा गाउँमा लुकिछिपी बसेको अवस्थामा सोमवार बेलुका ७ बजेतिर इप्रका तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगी नेतृत्वको टोलीले पक्राउ गरेको थियो । स्थानीयले भने आरोपित युवाहरुले प्रहरी समक्ष आफैं आत्मसर्मपन गरेको बताएका छन् ।
प्रहरी निरिक्षक पालका अनुसार डाँगीमाथि खुडा प्रहार गर्ने मध्यका एकजना तुलसीपुर १० नयाँ गाउँ निवासी २४ बर्षीय कस्मिर डन्डन भने फरार रहेका छन् । टन्डनले रा ३ प ६३९६ नम्वरको १५० सिसीको निलो पल्सर मोटरसाईकल समेत लगेर फरार भएको प्रहरीले जारी गरेको बक्तव्यमा उल्लेख छ ।
प्रहरीले टन्डनको खोजी तीब्र पारेको तथा नेपाल–भारत सीमानाका लगाएतका छिमेकी जिल्लाहरुमा समेत हुलिया पठाइएको इप्रकाका प्रबक्ता पालले जानकारी दिएका छन् । खुडा प्रहारवाट गम्भीर घाइते डाँगीको बाँकेवाट हेलिकोप्टर चार्टर गरि काठमान्डौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । सोमवार विहान साढे १२ बजेतिर तुलसीपुर ६ गोलौरामा डाँगीमाथि खुडा प्रहार भएको ईलाका प्रहरी तुल्सीपुरले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा मलाई अत्यधिक मतका साथ सदस्य पदमा विजयी गराउनुहुने सम्पूर्ण उद्योगी-व्यवसायी,पत्रकार मतदाता, सहयोगी, साथीभाइ तथा शुभचिन्तकहरूमा हृदयदेखि नै हार्दिक धन्यवाद ज्ञापन गर्दछु। तपाईंहरूले दिनुभएको अमूल्य समय, साथ र विश्वासले मेरो काँधमा अझ ठूलो जिम्मेवारी थपेको छ। यो विजय मेरो मात्र नभई नेपालगञ्जका सम्पूर्ण व्यवसायीको जित हो। […]

हेटौँडा । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्का बेला आदेशको प्रतीक्षा गरेर नबस्न र परिस्थितिको गाम्भीर्यता बुझेर तत्काल परिचालित हुन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको नवौँ वार्षिकोत्सव समारोहमा बाेल्दै महानिरीक्षक पौडेलले विपद् व्यवस्थापनमा सक्रिय र तत्काल परिचालन हुन निर्देशन दिएका हुन् । उनले […]

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूद्वारा भर्चुअल माध्यमबाट नेपाल प्रहरीका सबै ब्यूरोहरू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, का.उ.प्र.का. रानीपोखरी, सबै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय, भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ, […]