२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

तस्करीको सातो खादै निरीक्षक बस्नेत १० क्विन्टल बोइलर पक्राउ

Logo
प्रकाशित बुधबार, चैत्र ०५, २०७६

सागर थापा/महेन्द्र सिंह
बाँके नेपालगन्ज वडा प्रहरी कार्यालयले १० क्विन्टल अबैध बोइलर कुखुरा बरामद गरेको छ।
वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि बस्नेतको कमान्डको टोलीले मंगलबार राती ११ बजे वडा नम्बर २३ बाट १० क्विन्टल बोइलर खुकुरा पक्राउ गरेको छ । वडा प्रहरीको सुचना संकलन टोलीले भारतबाट सुई लगाइएका कुखुराहरु नेपाल ल्याइदै छ भन्ने सुचना दिए पश्चात् प्रहरी निरीक्षक बस्नेत नेतृत्वको टोलीले त्यस स्थानमा गएर कुखुरा बरामद गरेको हो।
प्रहरी टोली पुग्दा खुकुराहरु यत्रतत्र छोडेको अवस्थामा रहेको भएपनि तस्करहरु भागीसकेको वडा प्रहरी निरीक्षक बस्नेतले भने। बोइलर कुखुराहरु धेरै भएकाले अर्को गाडी बोलाएको थियो।नेपालगन्जमा कुखुराहरु हुर्किन समय लाग्ने भएको हुँदा भारतमा सुईको प्रयोग गरि १०-१५ दिन मै बढी बजन गराएर यहाँ ल्याइने गरेको प्रहरी निरीक्षक बस्नेतले बताए।
यसरी आम जनतालाई हानिकारक हुने कुखुरा खुवाएर कसैको स्वास्थ्य माथी खेलवाड हुन नदिने प्रहरी निरीक्षक बस्नेतले बताए।बरामद गरिएका कुखुराहरु क्वारेन्टाइन पठाउन तयारी गरेको बस्नेतले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!