२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

डान्सबार र सिनेमाहल बन्द गर्ने सरकारको निर्णय

Logo
प्रकाशित बुधबार, चैत्र ०५, २०७६

कोरोना भाइरसको जोखिम उच्च रहेको बेला सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार बन्द गर्ने लगायतका निर्णय गरेको छ। बुधबार सिंहदरबारमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले ३० अप्रिलसम्म लाई बन्द गर्ने निर्णय गरेको हो। पार्टि प्यालेस, सांस्कृतिक कार्यक्रम, मठमन्दिर लगायत धार्मिक कार्यहरूमा २५ जना भन्दा बढी व्यक्ति एकै ठाउँ बस्न सरकारले रोक लगाएको छ। त्यस्तै पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरू इरान, टर्की, मलेसिया, जापान, दक्षिण कोरिया र यूरोपका सबै मुलुकबाट आउने यात्रुलाई प्रतिबन्ध लगाइएको छ। साथै ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुलाई २० मार्च रातिबाट लागुहुने गरी १५ अप्रिलसम्म मुलुक प्रवेशमा रोक लगाइएको छ। सर्बसाधारणहरुमा कोरोना भाइरसबारे भ्रम फैलाउनेलाई समेत सरकारले कारबाही गर्ने निर्णय गरेको छ। यस्ता छन सरकारका निर्णय !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!