१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

दाङको खांग्रामा शसस्त्र प्रहरीको सिमा सुरक्षा बल स्थापना

Logo
प्रकाशित बिहिबार, चैत्र ०६, २०७६

(सागर थापा )सरकारले नेपाल र भारत सिमा क्षेत्रमा थप एक सय १४ ओटा सिमा सुरक्षा बेस वल स्थापना गर्ने निर्णय गरे आनुसार दाङको राजपुर गाउँपालिका ६ खांग्रामा नेपाल सशस्त्र प्रहरीको सिमा सुरक्षा बेस क्याम्प स्थापना गरिएको हो ।
सशस्त्र प्रहरी बल ५ नम्बर प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी नारयणदत्त पौडेल र एवंम दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालको उपस्थितिमा सिमा सुरक्षा बेस क्याम्पको स्थापना गरिएको हो । उक्त क्याम्पमा सशस्त्र प्रहरी निरिक्षक रुपचन्द्र थापाको नेतृत्वमा ४५ जनाको टोली खटिएको छ ।
कपिलबस्तु र बाँकेको ८३ किलोमिटर दुरी दाङको भूभाग भारत सँग जोडिएको छ । यस अघि गढवा गाउँपालिका ६ कोइलावास र राजपुर गाउँपालिका ७ सुनपाथी नाकामा सशस्त्रको सुरक्षा क्याम्प बसेको थियो । साथै दाङकोे १३ स्थानमा नयाँ सिमा सुरक्षा क्याम्प स्थापनाको प्रस्ताव गरिएको छ ।
जसमध्ये पटौली, गुरुङ, भैसाह,भौवा, सिरिया,भौरीसाल, मुसीनाका,डगमारा नाकामा सशस्त्र प्रहरीको सिमा सुरक्षा क्याम्प स्थापनाको प्रस्ताव गरिएको र आउँदो वर्ष त्यो ठाउँको अध्ययन गरेर थप निर्णयमा पुगिने दाङका प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो ।
नेपाल प्रहरीको सूचि अनुसार नेपाल भारत सिमामा ३५ वटा नाकाहरु रहेका छन् भने अहिले ६ वटा नाकामा नेपाल प्रहरीकामे सुरक्षा दिंदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुकुम पश्चिम् । प्र्याङ्क भिडियो” बनाउने बहानामा लक्षित समुदायलाई अपमान गर्ने, उत्तेजित पार्ने, भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल भए पछी भिडियोबाट दुई समुदायबीच तनाव बढ्ने, घृणा फैलिने अवस्था सिर्जना भए पछी प्रहरीले संलग्न ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । कानुनी रूपमा किन मिल्दैन नेपालको *सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका + मुलुकी अपराध संहिता […]

बाँके । नेपाल एपीएफ स्कुल, कोहलपुरमा नं. ५ बिन्ध्यवासिनी तथा सशस्त्र प्रहरी बल, नेपालका नायब महानिरीक्षक (डीआईजी) दीपक कुमार अधिकारीको विद्यालय भ्रमण सम्पन्न भएको छ। भ्रमणका अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बम, विद्यालय कमान्डेन्ट प्रहरी उपरीक्षक प्रमोद कुमार भारती, सहायक प्राचार्य, वरिष्ठ अधिकृत, शिक्षक, कनिष्ठ अधिकृत तथा विद्यार्थीहरूले उहाँलाई विद्यालय परिसरमा हार्दिक स्वागत […]

दाङ । जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङ समन्वयमा शिक्षा विकास तथा समन्वय इकाई दाङले प्रभातफेरी दामोदर चोक तुलसीपुर चोक सहिद गेट हुँदै घोराही उपमहानगरपालिकाको सभाहलसम्म। करिब *५० जनाको सहभागिता*। 2. *सहभागी निकाय*: – प्रमुख अतिथि: प्रजिअ निश्चल राज पाण्डे – सुरक्षा: ज्वाला दल गणका गणपति सेनानी सन्तोष थापा, एसपी दिपक श्रेष्ठ, […]

error: Content is protected !!