२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मापसे गरेर प्रहरीसंग अभद्र ब्यवहार गरेको आरोपमा आचार्य पक्राउ

Logo
प्रकाशित शुक्रबार, चैत्र ०७, २०७६

दाङको तुलसीपुरमा नेपाल प्रहरीसंग अभद्र ब्यवहार गरेको आरोपमा दाङको तुलसीपुरमा एक जना पत्रकार पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी हरिहरनाथ योगीका अनुसार पत्रकार आचार्यलाई मापसे गरेर प्रहरीसंग अभद्र ब्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो ।
उनले प्रहरीसंग विवाद गरेका कारण पत्रकार भनिने आचार्यलाई एक दिन थुनेर कारवाही गरिएको जानकारी दिए ।
मापसे गरेर पत्रकार आचार्यले प्रहरीसंग विवाद गरे,विवाद गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर एक दिन हिरासतमा राखेको हो,डिएसपी योगीले भने,– मापसे गरेर प्रहरीसंग विवाद गरेपछि घर जानुहोस भनेर भन्यौ,तर, मलाई पक्राउ गरेर देखाउन भनेर धम्की दिए,त्यसपछि इप्रका तुलसीपुरका प्रवक्ताको नेतृत्वमा खटेको प्रहरी टोलीले पक्राउ गरेर सोमवार नियन्त्रणमा ल्याएको थियो ।
उनलाई मंगलवार बिहान प्रहरीले छाडेको हो । आचार्य यस अगाडि पनि तुल्सीपुरको एक होटलमा मापसे गरेर केही ब्यक्तिसंग झगडा गरेर विवाद गरेपछि तत्कालिन जिल्ला प्रहरी कार्यालय दाङका तत्कालिन एसपी धिरज प्रताप सिँहले झन्डै ४ दिन हिरासतमा नियन्त्रणमा लिएका थिए ।
उनी जिल्ला प्रशासनवाट सो समयमा धरौटी तिरेर छुटेका थिए । मापसे गरेर उनि पटक–पटक विवादमा आएका ब्यक्ति हुन् । आचार्य प्रदेश अनलाइनका सञ्चालक हुन भने जनता टिभि र बुटवल अनलाईनका जिल्ला समाचारदाता हुन । (फरक-कोणबाट साभार)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!