२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

नेपाल सरकारले दिएको निर्देशन सबै ले पाल्ना गरौं : मौलाना मसहूद

Logo
प्रकाशित शुक्रबार, चैत्र ०७, २०७६

(अजय मिश्रा) कपिलवस्तु  चैत्र ७
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको राष्ट्रीय मदरसा संघको लाइब्रेरी कोरोना भाइरस सम्बंधि मुस्लिम समुदायको धर्मगुरुहरु लाई समाजमा सावधानी अपनाउन प्रयास गर्ने संदेश दिइयो। नेकपा का केन्द्रीय सदस्य सिराज अहमद फारुकी ले सबै मुस्लिम समुदायलाई भिडभाड ठांउमा नजान,सबै मिलेर सरकारको हरेक निर्णय लाई मानेर सावधानी अपनाउन आग्रह गरे।
आफ्नो विचार राख्दै राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी ले हरेक धर्मका धर्म गुरुले विश्वमा महामारी को रूपमा फैलिएको कोरोना भाइरस लाई रोक्न समाजमा जनचेतना फैलाउनु पर्ने, स्वास्थ्य लगायत अन्य क्षेत्रमा समेत धेरै अगाडि रहेका राष्ट्र हरू समेत उक्त महामारी रोक्न धेरै चुनौती को सामना गर्दै आएका भारत समेत प्रभावित रहेकाले नेपाल मा समेत सबै नेपाली लाई सावधानी अपनाउन आग्रह गरे ।
मदरसा बोर्ड प्रदेश नं ५ का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले नेपाल सरकारले दिएको निर्देशन लाई मुस्लिम समुदाय समेत अपनाई कोरोना भाइसको रोकथाम गर्न र सचेतना अपनाउन आग्रह गरे ।
इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल ले नेपाल सरकारको अभियान मा नै मुस्लिम समुदाय रहेको कुरा सराहनीय रहेको जिक्र गरे ।
समाजवादी पार्टी प्रदेश नं ५ का प्रवक्ता अकरम पठान ले राष्ट्रीय मदरसा संघले धर्म गुरु हरूलाई सचेतना फैलाउने कार्य प्रशंसनीय रहेको छ ।
कृष्णनगर नेकपा नगर अध्यक्ष जावेद आलम खान, मौलाना अब्दुल रसिद मदनी, शैख अब्दुल मन्नान सल्नी,मौलाना अब्दुल अजिम मदनी, मौलाना अकिल अहमद नइनी, दिनेश गुप्ता, अब्दुल अजिज रहे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]

सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले विरोध जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार भूवनेश्वरमा पत्रकारहरूसँको कुराकानीमा सीमा समस्या समाधानका लागि नेपाल भारतबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपाल सरकारले एकतर्फी रूपमा निर्णय गरेको बताएका छन् । जयशंकरले नेपालको उक्त कदमले अहिलेको परिस्थिति र जमिनको वास्तविकता नबदलिने प्रतिक्रिया समेत दिएका छन् […]