२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

दाङ प्रहरीले जुवा खेलेको अभियोगमा ९ जना पक्राउ

Logo
प्रकाशित शनिबार, चैत्र ०८, २०७६

(एबिसी क्राइम ब्युरो)
दाङ प्रहरीले घोराहीमा जुवा खेलेको अभियोगमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका १४ सरस्वती टोलस्थित बुढाथोकी समिर होटेलमा शुक्रबार राती कोठा भाडामा लिए जुवा खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
उनीहरुको साथबाट २ लाख ८९ हजार १५ रुपैयाँ नगद समेत बरामद् गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १० का ४३ वर्षीय मलबहादुर डाँगी, ३८ वर्षीय हरिबहादुर विक, ३८ वर्षीय धनबहादुर वली, घोराही उपमहानगरपालिका वडा नं. १८ का २७ वर्षीय प्रेम पुन, २७ वर्षीय आकाश लम्साल, घोराही १० का ४० वर्षीय दोर्णबहादुर महरा, घोराही १४ का ५० वर्षीय गुमानसिंह डाँगी, घोराही १२ का ३१ वर्षीय टपेन्द्र विष्ट र घोराही ११ का ३२ वर्षीय अनिल विक छन् ।
उनीहरुबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले बताए । केहि दिन अघि मात्रै घोराही बजारकै लखन पार्क नजिक रहेको रोल्पाली सृष्टी खाजा घरबाट जुवा खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको थियो । उनीहरुको साथबाट पनि १ लाख ७१ हजार ५८० रुपैँया बरामद गरेको प्रबक्ता डीएसपी खड्काले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) वैदेशिक रोजगारका लागि कुवेत पठाईदिन्छु भनि कुवेत पु¥याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बस्ने ४७ वर्षीय श्यामबाबु बराकोटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बाट पक्राउ गरेको हो ।श्यामबाबु समेतले पीडितलाई नेपाल सरकारबाट […]

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]