०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

मुख्य नाकामा कोरोनाको कडाई नजिकैको चोर बाटोबाट खुल्ला ओहोर दोहोर

Logo
प्रकाशित शनिबार, चैत्र ०८, २०७६

कोरोना कहर : मुख्य नाकामा कडा जाँच, नजिकैको चोर बाटोबाट खुल्ला ओहोर-दोहोर
नेपाल सरकारले नेपालगन्जको जमुनाह नाकालाई पुर्ण रुपमा बन्द गर्न नसक्दा अहिले चोरबाटो भएर सिमा वारी र पारीबाट ओहोर दोहोर गर्नेको भिड लागेको छ ।
मुख्य नाका जमुनाहमा नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले स्थापना गरेको हेल्थ डेस्कमा भारतबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको चेकजाँच भएपनि नाकाको नजिकै रहेका पुर्बतिरका बाटो भएर खुल्लमखुल्ला बिना चेकजाँच वारीपारी गर्नेको भिड भने अहिले थेगी नसक्नुको रहेको छ ।
जमुनाह नाकाको पुर्वतर्फ लगभग डेढ किलोमिटरको दुरी भित्र तिनवटा बाटा छन, त्यहाँ सुरक्षाकर्मीको उपस्थिति नहुदा अहिले साइकल, रिक्सा, मोटरसाइकल र पैदल यात्रु खुल्ला रुपमा ओहोर दोहोर गरिरहेका छन । ओहोर दोहोर गर्नेमा प्राय: नेपालगन्जका उद्योग कलकारखानामा काम गर्ने भारतीय सिमाक्षेत्रका मजदुर र सामान क्यारिङ्ग गर्नेहरु रहेको पाइएको छ ।
दुई देशका सुरक्षा अधिकारीद्वारा स्थलगत अनुगमन:
शनिबार बिहान रिपोर्टिङका लागि जमुनाह पुगेका नेपालगन्जका केही संचारकर्मीहरुले त्यहाँको बारेमा नेपालगन्जका सुरक्षा अधिकारीहरुलाई जानकारी गराएपछी नेपाल तथा भारतका सुरक्षा अधिकारीहरुले ती बाटोहरुको स्थल अनुगमन गरेका छन ।
जमुनाह प्रहरी चौकीका ईन्चार्ज माधव रिजाल, शसस्त्र प्रहरी वल राजश्व तथा भन्सार गस्ती नम्बर ४० गुल्मका प्रमुख शसस्त्र प्रहरी नायब उपरीक्षक नबराज बोहरा, भारत लखिमपुरका एसएसबी डिआइजी अभिषेख पाठक, अगैयाका बटालियन कमान्डर एसपी प्रबिण कुमार लगायको टोलीले स्थलगत अनुगमन गरेको हो ।
स्थलगत अनुगमन पश्चात् नेपालका सुरक्षा अधिकारीहरुले अब ती बाटोहरु बन्द गर्नका लागि नेपाली सुरक्षाकर्मी परिचालन गरिने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका लागि प्रस्थान गरेका हुन्। उनी कतार एयरवेजको ‘क्यूटीआर-६४५’ कल साइनको बोइङ ७८७-८ ड्रिमलाइनर जहाजबाट अमेरिका प्रस्थान गरेका छन्। उनी अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासघमा सहभागी हुनेछन्। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यो प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण हो। काठमाडौँबाट कतारको दोहा हुँदै अमेरिका […]

अबको आन्दोलन सडकमै बस्ने, सडकमै खाने, सडकमै सुत्ने हुनेछ : स्थानीयवासीहरू घोराही । घोराही–सिस्ने खोला–मुर्कुटी सडक निर्माणका लागि ठोस योजना नबनाइए तिहारपछि कडा आन्दोलनमा उत्रिने स्थानीयवासीहरूले चेतावनी दिएका छन्। वर्षौं बितिसक्दा पनि सडकको अवस्था सुधार नभएको भन्दै मंगलबार विभिन्न टोल विकास संस्था तथा स्थानीयवासीका प्रतिनिधिहरूले सडक डिभिजन कार्यालय दाङमा पुगेर यस्तो चेतावनी दिएका हुन्। स्थानीयवासीका […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिनासमेत देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीमा रहेका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँकेले असार, साउन र भदौमा लगातार पहिलो स्थान हासिल गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो नौ महिनाको मूल्याङ्कनमा बाँके पाँचपटक प्रथम र एकपटक दोस्रो भएको छ। यसअघि चैत र वैशाखमा पनि बाँके […]