०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
×

जमुनाहा नाका बन्दका लागि पहल नेपालगन्ज बजार भोलि देखि बन्द गर्ने निर्णय

Logo
प्रकाशित शनिबार, चैत्र ०८, २०७६

महेन्द्र सिंह
बाँके आइतबार देखि नेपालगन्ज बजार बन्द गरिने भएको छ । त्यसैगरी नेपाल-भारत सिमामा पर्ने नेपालगन्जको जमुनाह नाका पुर्ण रुपमा बन्द गर्नका लागि पहल गरिने भएको छ ।
शनिबार बाँकेका प्रजिअ कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको कोरोना भाइरस विरुद्धको जिल्ला स्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले जानकारी गराइन ।
बैठकमा नेपालगन्ज बजार बन्द गर्ने, ठाउँ ठाउँमा स्थानीय तहका वडा स्तरमा क्वारेन्टाइनको व्यवस्थापन गर्ने, आइशुलेसन वार्डका लागि प्रदेश सरकारले निर्णय गरेको खजुरा क्यान्सर अस्पताल र लायन्स डेन्टल अस्पताललाई तत्काल व्यवस्थापन गर्ने, संघीय सरकारको निर्णयलाई कडाइका साथ लागू गराउने जस्ता निर्णय भएको उपमेयर थापामगरले जानकारी गराइन ।
जमुनाह नाका पुर्ण रुपमा बन्द गर्नका लागि माथिल्लो निकायमा कुटनैतिक पहल गर्नका लागि अनुरोध गर्ने निर्णय भएको उनले बताइन । संक्रमीत बिरामी तथा स्वास्थ्यकर्मी समेतलाई बस्नका लागि लायन्स डेन्टल अस्पतालमा ४० बेड सहितको आइशुलेसन वार्ड व्यवस्थापनका लागि आजैदेखी काम शुरु गरिएको उनले जानकारी गराइन ।
अत्यावश्यक सामानहरु जस्तै: खाद्यान्न, औषधि, तरकारी, पेट्रोल पम्प लगायत बाहेकका सम्पुर्ण पसल, उद्योग, कलकारखानाहरु बन्द गर्ने र भाटभटेनी सुपरमार्केटबाट पनि खाद्यान्न बाहेकका सम्पुर्ण सेवा बन्द हुने भएको छ । बजार बन्द गराउनका लागि भोलि बिहानदेखी माईकिङ्ग सहितको सुचना जारी गरिने बताइएको छ !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा मलाई अत्यधिक मतका साथ सदस्य पदमा विजयी गराउनुहुने सम्पूर्ण उद्योगी-व्यवसायी,पत्रकार मतदाता, सहयोगी, साथीभाइ तथा शुभचिन्तकहरूमा हृदयदेखि नै हार्दिक धन्यवाद ज्ञापन गर्दछु। तपाईंहरूले दिनुभएको अमूल्य समय, साथ र विश्वासले मेरो काँधमा अझ ठूलो जिम्मेवारी थपेको छ। यो विजय मेरो मात्र नभई नेपालगञ्जका सम्पूर्ण व्यवसायीको जित हो। […]

हेटौँडा । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्का बेला आदेशको प्रतीक्षा गरेर नबस्न र परिस्थितिको गाम्भीर्यता बुझेर तत्काल परिचालित हुन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको नवौँ वार्षिकोत्सव समारोहमा बाेल्दै महानिरीक्षक पौडेलले विपद् व्यवस्थापनमा सक्रिय र तत्काल परिचालन हुन निर्देशन दिएका हुन् । उनले […]

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूद्वारा भर्चुअल माध्यमबाट नेपाल प्रहरीका सबै ब्यूरोहरू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, का.उ.प्र.का. रानीपोखरी, सबै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय, भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ, […]