१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

बाँकेको लायान्स डेन्टल अस्पतालमा ४० बेडको आईसोलेसन

Logo
प्रकाशित आइतबार, चैत्र ०९, २०७६

बाँके विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण बढ्न नदिन नेपालगन्जमा ४० बेडको आईसोलेसन तयार पारिएको छ ।
लायन्स डेन्टल अस्पताल खजुरारोडको माथिल्लो तलमा ३–३ फिटमा बेड राखेर आईसोलेसन अस्पताल तयार पारिएको हो ।
लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५–२ का संस्थापक डिस्टिक गभर्नर सेम शाक्यले कोरोना भईरसको संक्रमण फैलिन नदिनको लागि आफुहरुको पहलमा लायन्स डेन्टल अस्पतालमा ४० बेडको आईसोलेसन तयार पारिएको जानकारी दिए ।
नेपालगन्जको भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुर अस्पतालमा ६–६ वटा बेडका दरले आईसोलेसन बेड तयार पारिएको भए पनि एकै पटक ठाँउमा ४० बेडसम्मको अईसोलेशन तयार गरीएको हो ।
लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५–२ का पूर्व डिस्टिक गभर्नर मधुसुदन शर्माले नेपालगन्ज क्षेत्रमा क्रियाशिल रहेका लायन्स क्लवहरु सचेतनाको लागि विभिन्न खालका गतिविधि सञ्चालन गरिने जानकारी दिए ।
उनले कोरोनाको संक्रमणबाट जोगाउनको लागि लायन्सहरुको सक्रियतामा सीमा क्षेत्रमा हात धुने पानीको लागि ५ सय लिटरको टंकी, मोटर र पाईप उपलब्ध गराईएको तथा बाँके बर्दियामा रहेका २२ बढी क्लवले प्रति क्लवबाट पाँचसय मास्क तथा सचेतनामुलक पम्पलेट बोकेर जनस्तरमा पुग्ने तयारी गरेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) काठमाडौंको शंखमूलस्थित एक पसलमा आगलागी भएको छ । दोभान पुलनजिक गाडीको वर्कसप र त्यस वरपरका पसलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा समेत आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।ललितपुर […]

(एबिसि संचार ) नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका छन् । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]